
संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा अफगानिस्तानका राष्ट्रपति असर्रफ घानीसँग शिष्टाचार भेटवार्ता गर्दै । तस्बिर ः भीष्मराज ओझा,रासस (न्युयोर्क)
न्यूयोर्क ५ असोज (रासस) – संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग भेटवार्ता शुरु गर्नुभएको छ ।
सो क्रममा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गत अफगानिस्तानका राष्ट्रपति तथा पाकिस्तान र बंगलादेशका प्रधानमन्त्रीसँग प्रधानमन्त्री देउवाले छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । प्रधानमन्त्री देउवाले बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग महासभास्थलमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । दुवै भेटमा दुई देशबीचको आपसी सम्बन्ध, चासो र सहयोगका विविध पक्षबारे कुराकानी भएको जनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाबीच बिहीबार शिष्टाचार भेटवार्ता हुँदै । तस्बिर ः भीष्मराज ओझा, रासस, (न्युयोर्क)
भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई अपराह्न सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रसंघको ७२ औँ महासभालाई प्रधानमन्त्री देउवाले यही असोज ७ गते सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान यहाँ आइपुग्नुभएको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी