मेक्सिको सिटी, ४ असोज (रासस-सिन्ह्वा) – मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ ।
भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ ।
मृत्यु हुनेमा प्राथमिक विद्यालयमा अध्ययनरत २१ जना बालबालिका पनि परेका छन् । उनीहरु अध्ययनरत विद्यालयको भवन भत्किएको अधिकारीहरुले जनाएका छन् ।
भूकम्पपछि उद्वारकार्य जारी छ । कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।
जेरुसेलम, ४ असोज (रासस-एएफपी) – मेक्सिकोमा मंगलबार राति गएको शक्तिशाली भूकम्पको उद्धार र खोजीकार्यका लागि इजरायलले सैनिक र इन्जिनियर गरी ७० जनाको एक समूहलाई मेक्सिको पठाएको बुधबार जानकारी दिएको छ ।
स्थानीय समयअनुसार बुधबार ३ बजे अपराह्नमा इजरायलबाट प्रस्थान गरेका ती सैनिकहरू १८ घण्टापछि मेक्सिको पुग्ने इजरायली सैनिक प्रवक्ताले जानकारी दिनुभएको छ । यस समूहमा २५ जना इन्जिनियर रहेको जनाइएको छ ।
मेक्सिकोमा गएको यस ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी २ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको र उद्वारकार्य जारी रहेको जनाइएको छ ।
भूकम्पपछि कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।
यसअघि दुई हप्तामात्र अघि पनि मेक्सिकोमा योभन्दा झनै शक्तिशाली भूकम्प गएको थियो । मेक्सिकोमै यही सेप्टेम्बर ७ मा ८.१ म्याग्निच्युडको भूकम्पमा परी ९० जनाको ज्यान गएको थियो ।
मेक्सिकोमा यस शताब्दीकै यी दुई वटा सबैभन्दा ठूला भूकम्प हुन् । मेक्सिकोलाई दुई हप्ताभित्रै यसरी शक्तिशाली भूकम्पले क्षति पुराएको भन्दै यहाँका सरकारी अधिरकारीहरूले धैर्यधारण गर्न सबै नागरिकमा आह्वान गरेका छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी