काठमाडौँ, ४ असोज (रासस) – उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्र संघको ७२ आँैं महासभाको उद्घाटन समारोहमा सहभागी हुनुभएको छ ।
न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा मंगलबारदेखि सुरु भएको महासभा ‘जनता केन्द्रित ः शान्तिका लागि प्रयास तथा दिगो ‘प्लानेट’का लागि मर्यादित जीवन’ भन्ने मुख्य विषयमा केन्द्रित छ ।
राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस लगतै महासभालाई ब्राजिलका राष्ट्रपति माइकेल टेमेर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्नुभयो ।
सो अवसरमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री महरा बेलायती प्रधानमन्त्री थेरेसा मेले प्रस्तुत गर्नुभएको जबर्जस्ती श्रम, आधुनिक दास तथा मानव तस्करी कार्यक्रममा पनि सहभागी हुनुभयो ।
सो अवसरमा उहाँले संयुक्त राष्ट्र संघअन्तर्गतका संस्था तथा गैरसरकारी संस्था शिक्षा तथा जागरुकतामा केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल जबर्जस्ती श्रम, दास तथा मानव तस्करीको मुक्तिका लागि नेपालले प्रतिबद्धता जनाएको स्पष्ट पार्नुभयो ।
त्यसअघि परराष्ट्र मन्त्री महरा दिगो विकासका लागि पानी भन्ने अन्तक्र्रियामा सहभागी हुनुभएको थियो । सो अन्तक्र्रियामा सन् २०३० सम्म सबैलाई सुरक्षित र खरिद गर्नसक्ने पानीको पर्याप्तता तथा त्यसका लागि पूर्वाधारमा ठूलो लगानी गर्ने विषयमा केन्द्रित थियो ।
त्यसैगरी सोही क्रममा युरोपेली सङ्घ, जापान तथा संयुक्त राष्ट्र सङ्घले आयोजना गरेको गुणस्तरीय पूर्वाधारमा लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्र मन्त्री महराले सहभागिता जनाउनुभयो । त्यस लगतै उहाँ महासचिव एन्टोनियोले आयोजना गर्नुभएको भोगमा सहभागी हुनुभयो ।
त्यसैगरी उहाँले मित्रराष्ट्र नर्वेका विदेश मन्त्री बोर्जे ब्रेन्डेसँग द्विपक्षीय वार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको थियो ।
महासभाकै अवसरमा उपप्रधानमन्त्री महराले दक्षिणी एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को मन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्नुहुनेछ । त्यस्तै उहाँले असंलग्न आन्दोलन (जि७७), चीन, अतिकम विकसित मुलुक तथा भूपरिवेष्ठित विकासशील मुलुकको बैठमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।
महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा आजै न्युयोर्क पुग्दै हुनुहुन्छ ।
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप