मेक्सिको सिटी, ४ असोज (रासस-सिन्ह्वा)- मेक्सिकोमा मङ्गलबार राति शक्तिशाली भूकम्प गएको छ । यसमा परी १०० जनाभन्दा बढीको ज्यान गएको समाचार छ ।
भूकम्पले मध्य मेक्सिकोलाई बढी हानेको छ । भूकम्पको मापन ७।१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ ।
अधिकारीहरुले भूकम्पको धक्का निकै नै शक्तिशाली महसुश भएको र यसको केन्द्रबिन्दुको मापन गहिराईमा नभएर बढी सतहमा गरिएकोले ठूलो जनधनको क्षतिको अनुमान गरेको जनाएका छन् ।
मध्य मेक्सिकोको मोरलोस् सहरमा मात्र ५४ जनाको मृत्यु भएको छ । अधिकारीहरुले ५४ जनाको शव भेटिएको र अरु कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरेका छन् ।
मध्य मेक्सिकोका जोजुत्ला, कयुरोनभाका, टेटेकाला, माइकाल्टान नामका सहरहरुमा बढी क्षति पुगेको अनुमान गरिएको मेक्सिको सरकारका मुख्य सचिव मातिलास क्वीरोजले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार भूकम्पपछि देशैभरी ठूलो त्रास छाएको छ । उद्धारको कार्य जारी रहेको भए पनि पराकम्पनहरु आइरहेकोले चुस्त हुन नसकिरहेको उहाँले जानकारी दिनुभयो ।
पुएब्ला राज्यम मात्र ४१ ज्नाको ज्यान गएको सो राज्यका गभर्नर टोनी गालीले टेलिभिजन अन्तरवार्तामा भन्नुभएको छ । उहाँले दिनुभएको जानकारीअनुसार ती मध्ये १५ जना त चर्चमा प्रार्थना गरिरहेका बेला भवन भत्किदा मारिएका थिए ।
राजधानी मेक्सिको सिटीमा पनि ठूलो क्षति पुगेको छ । उक्त सिटीका मेयर माइगल एनगेलले सो सिटीमा मात्र ३० जनाको ज्यान गएको छ ।
सो सिटीमा २९ वटा भवन पूर्ण रुपमा ढलेका छन् । आंशिक रुपमा भवनमा क्षति पुगेको, आवास क्षेत्रका घरहरुमा पनि क्षति पुगेको र बिजुली बत्ती र पानीको वितरण प्रणालीमा अवरोध उत्पन्न भएको पनि उहाँले जानकारी दिनुभएको छ ।
अहिलेसम्म पूरै क्षतिको विवरण आएको छैन । तर सहरी इलाकामा पनि ठूलो संख्याका भवनहरु भत्किनुका साथै त्यसमा परेर कैयौँ स्थानीय पुरिएका वा चेपुवामा परेका अनुमान गरिएको छ ।
मेक्सिकोका मेयर एनगेलले दिनुभएको जानकारीअनुसार सो क्षेत्रमा अरु धेरै मानिस मारिएका हुनसक्छन् । उनीहरुका बीचमा त्रास फैलिएको र भागाभागमा धेरै मानिस परेको उहाँले बताउनुभयो ।
पुएब्ला मेक्सिकोको मध्य भागमा पर्ने राज्य हो । सोही राज्यमा भूकम्पको केन्द्रबिन्दु रहेको छ । सो राज्यमा मापन गरिएकोमा भूकम्प ७।१ म्याग्निच्युडको रहेको बताइएको छ ।
यसअघि दुई हप्तामात्र अघि पनि मेक्सिकोमा यो भन्दा झनै शक्तिशाली भूकम्प गएको थियो । मेक्सिकोमै यही सेप्टेम्बर ७ मा ८।१ म्याग्निच्युडको भूकम्पमा परी ९० जनाको ज्यान गएको थियो ।
मेक्सिकोमा यस शताब्दीकै यी दुइ वटा सबैभन्दा ठूला भूकम्प हुन् । मेक्सिकोलाई दुई हप्ताभित्रै यसरी शक्तिशाली भूकम्पले क्षति पुराएको भन्दै यहाँका सरकारी अधिरकारीहरुले धैर्यधारण गर्न सबै नागरिकमा आह्वान गरेका छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी