लन्डन । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको अक्टोबरमा हुने निर्वाचनमा लन्डनस्थित सामाजिक अभियन्ता बिजन भट्टले युरोप उपसंयोजकमा उम्मेदवारी दिने भएका छन् । हाल एनआरएनए यूके सल्लाहकार रहेका भट्टले संघमा स्थापनाकालदेखि नै आफ्नो क्रियाशिलता र अनुभव रहेको उल्लेख गर्दै त्यही अनुभवले युरोप उपसंयोजकमा उम्मेदवारी दिन लागेको जनाए ।
युरोपमा नेपालीका समस्या बढ्दै गएका बेला त्यसलाई सम्वोधन गर्न र युरोपस्थित संघका राष्ट्रिय समितिभित्र समन्वयकारी भूमिका खेल्न आफू सक्रिय रहने प्रतिवद्धता भट्टको छ ।
एनआरएनए आइसीसी सदस्य भएर काम गरिसकेका भट्ट बेलायतको नेपाली समुदायसंग परिचित छन् । उनले एनआरएनए यूके र नेपाल पत्रकार महासंघ यूकेको च्यारिटी कार्यक्रममा संयोजनकारी भूमिका निर्वाह गरेर धेरैको मन जितेका थिए ।
हालै सम्पन्न एनआरएनए यूके निर्वाचनमा उनी निर्वाचन समिति सदस्य थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा