लन्डन । बलिउड सुपरस्टार सलमान खानसहितका भारतीय कलाकारहरुको शोले बेलायतवासी नेपालीलाई पनि आकर्षित गरयो । गत १७ सेप्टेम्बर ‘ओटु एरिना’ मा आयोजित ‘दबंग द टुर’ मा नेपालीको उल्लेख्य सहभागिता रहयो । उक्त शोमा मार्केट डाइरेक्ट लिमिटेडका प्रवन्ध निर्देशक एवं सफल युवा व्यवसायी विकास नेपालले प्रायोजन गरेकाले पनि नेपाली सहभागिता उल्लेख्य भएको हो । ओटुमा शो हेर्न २० हजार टिकट पहिल्यै ‘सोल्ड आउट’ भएको थियो ।
मार्केट डाइरेक्टले बेलायती बजारमा प्रिमियम क्वालिटी भएको नेपाली खाद्य उत्पादनहरु विक्री वितरण गर्दै आएको छ । उक्त कम्पनीले हालैमात्र यूके बजारमा वाइवाइ चाउचाउ आयात गर्न चौधरी ग्रुप युरोपसंग सम्झौता गरिसकेको छ ।
उक्त शोमा सलमान खानबाहेक सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डेज, डेजी शाह, बादशाह, प्रभु देवा, मनिष पल, सुरज पन्चोली, सोहेल खान, कमाल खान लगायतको समूहले भरपुर मनोरन्जन दिएको थियो ।
खानलाई ग्लोवल डाइभर्सिटी अवार्ड
यसैबीच, बलिउड सुपरस्टार सलमान खानले बेलायतको संसद ‘हाउस अफ कमन्स’ मा ‘ग्लोवल डाइभर्सिटी अवार्ड’ प्राप्त गरेका छन् । ब्रिटेनको संसदमा सबैभन्दा लामो समय सांसद रहेका किथ भाजले खानलाई उक्त अवार्ड प्रदान गरेका थिए । खानले विश्वभर विविधता पस्कन योगदान गरेवापत उक्त अवार्ड दिइएको सांसद भाजले जानकारी दिएका छन् । भाजले खान फिल्म अभिनय गर्ने सफल कलाकारमात्र नभएर मानवीय सहायता गर्ने व्यक्ति समेत भएको भन्दै प्रशंसा गरेका थिए ।
खानको विश्वका विभिन्न ठाउंमा ‘बिइंग हयुमन’ नामक एनजिओ समेत सञ्चालित छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त