लन्डन । सोसियल इकमर्स प्लेटफर्म ‘सगुन डट कम’ बारे थप जानकारी दिन फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा सोमबार एक प्रिजेन्टेसन दिइएको छ । सगुनका युरोप र यूके संयोजक सन्तोष घिमिरे र युवराज सेढाईंले प्रस्तुतिमार्फत सगुन के हो र यसमा लगानीका फाइदा बेफाइदा के छन् जस्ता विषयमा प्रष्टयाए । सो अवसरमा सहभागी एनआरएनए यूके अगुवाहरुले सगुनबारे चासोपूर्वक जिज्ञासा राख्दै लगानी गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्षहरु शेर सुनार र सुशिला राई, आइसीसी सदस्यहरु जयप्रकाश गुरुङ र शान्ति थापा कुंवर, पूर्व अध्यक्षहरु सूर्य गुरुङ, मुछेत्र गुरुङ, योगेन क्षेत्री, मेजर रिटायर्ड डमर घलेलगायत सामाजिक अभियन्ताहरु सहभागी थिए ।
कार्यक्रममा एनआरएनए यूके अध्यक्ष फगामीले लगानीका लागि व्यक्तिगत तथा संस्थागत सहयोग गर्ने आश्वासन दिए । एनआरएनए यूके निवर्तमान अध्यक्ष मुछेत्र गुरुङले नेपालीले शुरु गरेको स्टार्ट अप कम्पनीमा सहयोग गर्नु कर्तव्य भएको बताउंदै १५ सय डलर लगानीको प्रतिवद्धता व्यक्त गरे ।
सगुनमा संलग्न रहेका बेलायतका प्रभावशाली समाजसेवी सूर्य गुरुङले प्रतिफलमात्र नसोची नेपालीहरुको नेपाल चिनाउने प्रोजेक्टमा सहयोग गर्न अपिल गरे । बेलायतमा अब करिब एक महिनासम्म लगानीको अवसरको समयसीमा दिने सोच रहेको पनि उनले जनाए ।
सगुनले बेलायतबाटै गत १८ अगष्टदेखि रेगुलेसन ए प्लस (मिनी आइपिओ) अन्तर्गत दोश्रो पटक सर्वसाधारणबीच शेयर विक्रीको अवसर खुल्ला गरेको छ । त्यसयता झण्डै चार करोड रुपैयांको प्रतिवद्धता आइसकेको सगुनले जनाएको छ । हालसम्म तीनहजार ६९५ जनाले लगानी गरेका छन् ।
अमेरिका निवासी सगुनका सिइओ तथा संस्थापक गोविन्द गिरीसहितका प्रवर्धकहरुको समूह अहिले सगुनमा लगानी भित्रयाउन सक्रिय छ ।
सगुनको न्यूनतम लगानी एकहजार डलर छ । पहिलो पटक क्रेडिट वा डेविट कार्डबाट पनि प्रतिवद्धता अनुरुप लगानी रकम तिर्न सकिनेछ । https://www.sagoon.com/invest मा क्लिक गरि लगानी गर्न सकिनेछ ।
एन्ड्रोयड मोवाइल एप तिहारसम्म ल्याउने तयारी गरिरहेको सगुनले गत सेप्टेम्बर १६ तारिख एपको पहिलो ‘डेमो’ प्रदर्शन गरेको थियो । एप सार्वजनिक भएसंगै सगुनका मोबाइल प्रयोगकर्तालाई थप सहज हुने विश्वास गरिएको छ ।
त्यस अवसरमा गुगल इन्डियाबाट प्रोडक्ट डेभलप्मेन्ट अफिसर र जोम्याटोबाट एक गरि दुई हाइ प्रोफाइल व्यक्तित्व समेत सगुनमा आउने निश्चित भएको जनाइएको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता