
लण्डन, ३१ भदौ । लण्डनको भूमिगत रेलमा शुक्रबार भएको आक्रमणमा सम्लग्न रहेको आशङ्का गरिएका एक जना युवकलाई प्रहरीले शनिबार पक्राउ गरेका छ ।
डोवरको दक्षिणी वन्दगाह क्षेत्रमा भेटिएका ती १८ वर्षीय युवकलाई केन्ट प्रहरीले नियन्त्रणमा लिई उनलाई अहिले स्थानीय प्रहरी चौकीमा राखिएको छ । उनलाई अनुसन्धानका लागि लण्डनस्थित प्रहरी हिरासतमा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिआतङ्कवाद मामिला प्रमुख मार्क रोलेले घटनामा सम्लग्न अन्य व्यक्तिलाई प्रहरीले पिछा गरिरहेको बताउनुभएको छ ।
उनलाई प्रतिआतङ्कवादी कानून अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार विहान भएको विस्पोटमा परी घाइते भएका विभिन्न ३० जनालाई घटनापश्चात उपचारका लागि अस्पताल पुरयाइएकोमा केही भने सामान्य उपचारपछि घरफर्किसकेका बताइएको छ ।
घटनाको इश्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा