संयुक्त राष्ट्रसंघ, भदौ २९ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरियाली प्रायद्वीपमा हालै देखिएको तनावको अवस्थालाई राजनैतिक समाधान खोज्नुपर्ने बताउनुभएको छ ।
उत्तर कोरियाले एकपछि अर्को गर्दै गरेका ब्यालेस्टिक क्षेप्यास्त्र तथा आणविक परीक्षणले विश्व समुदायमा तनाव सिर्जना गरेको भन्दै यस स्थितिको शीघ्र समाधान खोजिनुपर्ने उहाँले बताउनुभयो ।
‘राजनैतिक समाधान मात्र सही उपाय हुनसक्छ । सैनिक उपाय विनासको बाटो हुने र यसको क्षतिपूर्ति आगामी कैयाँै पुस्ताले पनि गर्न सक्नेछैन’, गुटेर्रेसले बताउनुभयो ।
उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीप र विश्व समुदायमा मा व्यापक अस्थिरता एवम् तनाव पैदा गरेको उहाँले बताउनुभयो ।
‘यस हप्ता संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सर्वसम्मत रूपमा गरेको नयाँ प्रस्तावले एउटा स्पष्ट सन्देश दिएको छ कि अव उत्तर कोरियाले पूर्णरूपमा यसले सुरक्षा परिषद्मा गरेका प्रतिज्ञा बमोजिम अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्ने छ’, उहाँले थप्नुभयो- ‘तर सुरक्षा परिषद्को एकताले पनि कुटनैतिक पहलका लागि वातावरण सिर्जना गरेको छ ।’
यसैबीच एटलाण्टिक परिषद्को अन्तर्वार्तामा उच्च अमेरिकी विचारक निकोलास बर्नले उत्तर कोरियामाथि लगाइएको नयाँ प्रतिबन्द मात्रै प्रशस्त नभएको बताउनुभयो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त