लन्डन । यतिखेर ‘लाइमलाइट’ मा रहेका संगीतकार कालिप्रसाद बास्कोटा, गायक हेमन्त राना र ‘हट एण्ड बोल्ड’ मोडल सुष्मा कार्की मंगलबार सांझ लन्डन आइपुगेका छन् ।
श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपले गर्न लागेको विजया दशमी शुभकामना सांझका लागि व्यस्त ति कलाकार बेलायत आएका हुन् । तीनै जना कलाकारका लागि बेलायत पहिलो भ्रमण भएकाले खुबै उत्साहित छन् उनीहरु ।
हिथ्रो टर्मिनल फोरमा उत्रिंदा कलाकारलाई आयोजकहरु सिद्धार्थ विक्रम क्षेत्री एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपका बीरेन खड्का, अनिल मल्ल, दिपक खड्का, अनिल आचार्य लगायतले न्यानो स्वागत गरे । पछि ति कलाकारलाई माया पबमा रात्रीभोजसहित स्वागत तथा सम्मान गरियो ।
निर जहिले रिसाउने, पारी त्यो डांडामा हेर, लैजाउ घुमाउन मलाई ठमेल बजार जस्ता हिट गीतका सर्जक संगीतकार तथा नेपाल आइडलका निर्णायक कालिप्रसाद बास्कोटा, सुन साईंली साईंली परदेशबाट म आउंला गीतका गायक हेमन्त राना अनि ‘हट एण्ड बोल्ड’ मोडल सुष्मा कार्कीको दशैं शुभकामना सांझ मनोरन्जनको एउटा प्याकेज भएको आयोजकले बताएका छन् । अहिले चर्चामा रहेको नेपाल आइडलका निर्णायक बास्कोटा र गायक रानालाई प्रत्यक्ष भेटेर साक्षात्कार गर्ने माध्यम समेत हुनेछ कार्यक्रम ।
ति कलाकारहरुको कार्यक्रम यही शुक्रबार १५ सेप्टेम्बर सांझ अल्डरटस्थित एम्पायर हलमा, १७ सेप्टेम्बरका दिन लन्डन साउथ हयारोको हयारो बरो फुटबल क्लव, २३ सेप्टेम्बरमा रेडिङस्थित किन्की कोला, २४ सेप्टेम्बरमा आसफोर्ड नोर्टन न्याचबुल स्कुल हल एवं १ अक्टोबरका दिन गेटवे हाउस उलवीच लन्डनमा हुने तय भइसकेको छ ।
यही समूहले विगतमा पनि चर्चित कलाकारहरुलाई बेलायत झिकाएर कयौं व्यवस्थित कार्यक्रम गरेको थियो ।
तस्विरः शिव भण्डारी
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन