लन्डन । यतिखेर ‘लाइमलाइट’ मा रहेका संगीतकार कालिप्रसाद बास्कोटा, गायक हेमन्त राना र ‘हट एण्ड बोल्ड’ मोडल सुष्मा कार्की मंगलबार सांझ लन्डन आइपुगेका छन् ।
श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपले गर्न लागेको विजया दशमी शुभकामना सांझका लागि व्यस्त ति कलाकार बेलायत आएका हुन् । तीनै जना कलाकारका लागि बेलायत पहिलो भ्रमण भएकाले खुबै उत्साहित छन् उनीहरु ।
हिथ्रो टर्मिनल फोरमा उत्रिंदा कलाकारलाई आयोजकहरु सिद्धार्थ विक्रम क्षेत्री एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपका बीरेन खड्का, अनिल मल्ल, दिपक खड्का, अनिल आचार्य लगायतले न्यानो स्वागत गरे । पछि ति कलाकारलाई माया पबमा रात्रीभोजसहित स्वागत तथा सम्मान गरियो ।
निर जहिले रिसाउने, पारी त्यो डांडामा हेर, लैजाउ घुमाउन मलाई ठमेल बजार जस्ता हिट गीतका सर्जक संगीतकार तथा नेपाल आइडलका निर्णायक कालिप्रसाद बास्कोटा, सुन साईंली साईंली परदेशबाट म आउंला गीतका गायक हेमन्त राना अनि ‘हट एण्ड बोल्ड’ मोडल सुष्मा कार्कीको दशैं शुभकामना सांझ मनोरन्जनको एउटा प्याकेज भएको आयोजकले बताएका छन् । अहिले चर्चामा रहेको नेपाल आइडलका निर्णायक बास्कोटा र गायक रानालाई प्रत्यक्ष भेटेर साक्षात्कार गर्ने माध्यम समेत हुनेछ कार्यक्रम ।
ति कलाकारहरुको कार्यक्रम यही शुक्रबार १५ सेप्टेम्बर सांझ अल्डरटस्थित एम्पायर हलमा, १७ सेप्टेम्बरका दिन लन्डन साउथ हयारोको हयारो बरो फुटबल क्लव, २३ सेप्टेम्बरमा रेडिङस्थित किन्की कोला, २४ सेप्टेम्बरमा आसफोर्ड नोर्टन न्याचबुल स्कुल हल एवं १ अक्टोबरका दिन गेटवे हाउस उलवीच लन्डनमा हुने तय भइसकेको छ ।
यही समूहले विगतमा पनि चर्चित कलाकारहरुलाई बेलायत झिकाएर कयौं व्यवस्थित कार्यक्रम गरेको थियो ।
तस्विरः शिव भण्डारी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त