लन्डन । शिव कल्चरल कम्युनिटी सेन्टर यूकेले यस वर्ष पनि दशैं पूजा व्यवस्थापन गर्ने भएको छ । सेन्टरका अध्यक्ष रोहितकुमार गुरुङले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्थानीयवासीलाई दशैं पर्वका अवसरमा हुने पूजा-पाठ, जमरा स्थापना, कालरात्री र दशैं महत्वबारे साक्षात्कार साथै भजन कीर्तनमा सहभागी हुन आव्हान गरेका छन् । उनले समस्त भक्तजन एवं धर्मावलम्वीहरुलाई आफ्नो तर्फबाट सकेको सहयोग गर्न गराउन पनि आव्हान गरेका छन् ।
सेन्टर अल्डरसट, फार्नबोरो र वरपर क्षेत्रका भारतीय एवं नेपाली वासिन्दाहरुका निम्ति विजय दशमी पर्व सामूदायिक रुपमा मान्न कटिवद्ध छ । त्यस्तै सनातन धर्मका आधारमा सांस्कृतिक पर्वमा सरिक हुने सिलसिला सन् २००४ देखि नै शुरु भएको पनि अध्यक्ष गुरुङले जनाएका छन् ।
‘शिव कल्चरल कम्युनिटी सेन्टरले सामाजिक संस्थाको रुपमा समाजमा हातेमालो गर्दै नेपाली संस्कृति, धर्म रितिरिवाज जर्गेनामा आफ्नो विशेष भूमिका र सामाजिक योगदानबाट पछि हटेको छैन्’, विज्ञप्तिमा उल्लेख छ, ‘सेन्टरले विगत ७ वर्ष देखि शिव मन्दिरको परिकल्पना गरेर विगत तीन वर्ष देखि शिव मन्दिर स्थापना गरी पूजा, ब्रत, तीज, जनै पूर्णिमा, गुरु पूर्णिमा, कृष्ण जन्माष्टमी, रामनवमी, होली र विजय दशमी जस्ता पर्वहरु पण्डित पूजारीको व्यवस्था गरि सञ्चालन गर्दै आएको छ ।’
अल्डरसट र फार्नबोरो क्षेत्रमा बसोवास गर्ने धार्मिक अनुयायीहरुका लागि मन्दिर अत्यावश्यक भएपनि आफ्नै भवन नहुंदा सेन्टरले एम्पायर हलमा मासिक ५०० पाउण्ड भाडा बुझाई एउटा कोठामा काम चलाइरहेको छ ।
मन्दिर निर्माणका लागि समाजका विशेष व्यक्तित्वहरुद्वारा तीन वर्षसम्म किस्तावन्दीका रुपमा बुझाइएको रकम करिब ८० हजार पाउण्ड सेन्टरसंग भएको र गत वर्ष ७० हजार पाउण्ड प्रतिवद्धता आएको जनाउंदै अध्यक्ष गुरुङले मन्दिर स्थापना गर्न स्थानीय व्यापारी, सामाजिक कार्यकर्ता, अभियन्ता एवं चन्दादाताहरु, कलाकार, सञ्चारकर्मी आदिबाट सहयोग अपिल गरेका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन