लन्डन । साहित्य चौतारी यूकेले बेलायत भ्रमणमा रहेका वरिष्ठ कवि एवं भाषाविद प्राज्ञ मुकुन्द शरण उपाध्यायसंग एक भाषिक अन्तरक्रिया गरेको छ । आइतबार उलवीच लाइब्रेरीको सभाकक्षमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उपाध्यायले नेपालमा भइरहेको नेपाली भाषाको शुद्धाशुद्धी सम्बन्धि संघर्षबारे जानकारी गराए । सहभागीका विभिन्न प्रश्नको जवाफ दिने क्रममा उपाध्यायले बि. सं. २०३४ देखि थालनी भएको संघर्षको कथा सुनाउंदै हालसम्म आइपुग्दा आफूले उठाएका कतिपय कुरा स्थापित हुंदै गएकोमा सन्तोष पनि व्यक्त गरे ।
विशेषतः हिज्जे, वर्णविन्यास र नेपाली व्याकरणमा प्रशासनिक निर्णय र ठाडो हस्तक्षेप गरी क्षतविक्षत पार्ने काम विरुद्ध आफ्नो संघर्ष शुरु भएको बताउंदै उपाध्यायले अन्य विविध प्रसंगहरूको चर्चा समेत गरे । कार्यक्रममा भाषिक अन्तरक्रियाका साथै बिच बिचमा कविहरुले कविता वाचन गर्दा वातावरण काव्यमय बनेको थियो ।
करिब दुई दर्जन जति साहित्यकार, साहित्यानुरागी र नेपाली भाषाबारे चासो राख्ने व्यक्ति सहभागी उक्त कार्यक्रम सञ्चालन कवि दिनेश पौड्यालले गरेका थिए ।
सो अवसरमा साहित्य चौतारी यूकेले हालै विमोचन भएको ‘थेम्सका काव्यिक छालहरु’ नामक काव्य संगालोको ५ प्रति उलवीच लाइब्रेरीलाई प्रदान गरेको छ । प्राज्ञ उपाध्यायले लाइब्रेरीका प्रवन्धक टोनी मेरियोनलाई पुस्तक प्रदान गरे ।
कार्यक्रमको थालनीमा साहित्य चौतारी यूकेका संयोजक वासु शर्माले अन्तरक्रियाबारे प्रकाश पार्दै नेपाली भाषीहरु र खास गरी लेखक कविहरुका लागि विज्ञसंगको अन्तरक्रिया लाभदायी हुने बताए । उनले नेपाली भाषा शुद्धाशुद्धी सम्बन्धमा विगत लामो समय देखि एउटा धारको प्रतिनिधित्व गर्दै त्रिभुवन विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानसंग संघर्ष गर्दै आएका भाषाविद प्राज्ञसंग प्रत्यक्ष अन्तरक्रिया गर्नु महत्वपूर्ण भएको पनि बताए ।
साहित्य चौतारी यूकेले यस्तो कार्यक्रम गरेर बेलायतमा नेपाली भाषा साहित्यको प्रवर्धन गर्ने काममा एउटा ईंटा थपेको प्रतिक्रिया सहभागीले दिएका थिए ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न