वासिङ्टन (संयुक्त राज्य अमेरिका), २६ भदौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी इतिहासमै दर्दनाक घटना मानिएको सन् २००१ को सेप्टेम्वर ११ मा भएको घटनालाई राष्ट्रपतिका रूपमा सोमबार वासिङ्टनमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ ।
भण्डै तीन हजार अमेरिकी तथा विदेशी नागरिकको मृत्यु हुनेगरी गरिएको आक्रमणमा निधन भएका नागरिकको सम्झनामा वासिङ्टन, न्यूयोर्क, म्यानह्याटन लगायतका ठाउँहरूमा कार्यक्रम गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
वासिङ्टनमा भएको कार्यक्रममा राष्ट्रपति ट्रम्प तथा उहाँकी धर्मपत्नी मेलानियाले आफ्नो छातीमा हात राखी टाउको निहुराएर मन्द घन्टीको तालमा आक्रमणमा ज्यान गुमाएका नागरिकलाई सम्मान व्यक्त गर्नुभएको थियो ।
सोह्रबर्ष पहिले अमेरिकाका छुट्टाछुट्टै स्थान पेन्टागन तथा पेनसिल्विनियामा अलकायदा समूहले विमान अपहरण गरी गरेका आक्रमणमा परी दुई हजार ९९७ जनाले ज्यान गुमाएका थिए ।
रक्षा मन्त्री जिम म्याटिस तथा अमेरिकी सेनाका अध्यक्ष जोसेफ डनफोर्डले सानक्सविलमा छुट्टै कार्यक्रममा सहभागी बनी घटनामा शाहदत प्राप्त गरेका पीडितप्रति सम्मान व्यक्त गर्नुभएको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त