लन्डन । बेलायत सरकारले अपराधीहरुले प्रयोग गरिरहेका कानुनी छिद्र बन्द गर्ने गरि मनी लाउन्डरिङ नियम कार्यन्वयनका लागि वाचडग निकाय शुरु गर्ने भएको छ । सन् २०१८ जनवरीदेखि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) र आतंकवादीले प्रयोग गर्ने आर्थिक श्रोतको बढ्दो समस्या निराकरणका लागि वाचडग निकाय क्रियाशील गराउन लागिएको हो ।
बेलायत सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप मनी लाउन्डरिङ नियम कडा गर्ने जनाएको छ । अर्थ मन्त्रालय, फाइनान्सियल कन्डक्ट अथोरिटी, ग्याम्बलिङ (जुवा ब्यवसाय) कमिसन लगायत २२ वटा अकाउन्टेन्सी र कानुनी ब्यापार निकायहरुले मनी लाउन्डरिङ नियमको निरिक्षण गर्नेछन् ।
कानुनका छिद्रलाई टेकेर अपराधीहरुले गर्न सक्ने दुरुपयोग मध्य नजर राखी यस्तो वाचडग बनाइएको बेलायती अर्थ मन्त्रालयले जनाएको छ । बेलायती मन्त्रीहरुले मनी लाउन्डरिङको कुनै सुपरिवेक्षण निकाय असफल भए जरिवाना दिनसक्ने अवधारणा अनुरुप यस्तो निकाय खडा गरिएको बताएका छन् । यस वाचडगले मनी लाउन्डरिङ नियम सरलीकरण गरि विभिन्न क्षेत्रमा कार्यन्वयन गर्नेछ । सम्पत्ति शुद्धीकरण र आतंकवाद फाइनान्सको मामिलामा बेलायत सरकारले शुन्य सहनशीलताको नियम थप सशक्त बनाउने बेलायतको अर्थ मन्त्रालयले जनाएको छ ।
अहिले बेलायतमा सम्पत्ति शुद्धीकरण नियम अनुगमन गर्ने फाइनान्सियल कन्डक्ट अथोरिटीले मनी लाउन्डरिङ नियम उल्लंघन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कानुनी दायरामा ल्याउन थप कदम चाल्ने बताएको छ । यस अथोरिटीले हालै बेलायती बैंकहरु एचएसबिसी र बैंक अफ स्कटल्याण्डले रसियन धनाढ्यहरुले गरेका करिब दुई हजार कारोबारमा करिब ७८ करोड पाउन्डबारे जानकारी मागेको जनाएको छ ।
बेलायतमा अवैध रुपले भित्रिएको नगद कारोबारको अनुसन्धानक्रम उच्च (रेकर्ड लेबल) रुपमा बढेको छ । बेलायतको राष्ट्रिय अपराध एजेन्सीले वर्षमा करिब ९० अर्ब पाउण्ड गैर कानुनी रुपमा नगद कारोबार हुने गरेको जनाएको लन्डनस्थित अर्थ व्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्यले बताए । बढ्दो आतंककारी क्रियाकलाप साथै गैर कानुनीरुपमा बढिरहेको नगद कारोबार नियन्त्रण गर्न बेलायती अधिकारीहरुले थप कडाइ गर्ने देख्छन् आचार्य ।
मनी लाउन्डरिङ अपराधीहरुले पैसा वा सम्पतिको स्वामित्व ढाकछोप गरि अपराधिक क्रियाकलाप गर्न उक्त पैसा नियन्त्रण गर्ने र यस्तो कार्य कानुनीरुपमा नै भएको जस्तो देखाउने गर्छन् ।
अपराधीहरुले यस्तो कार्य अनेक झुटको आडमा सत्यता जस्तो देखाउंदै अर्बौं डलर बैंक तथा वित्तीय संस्थाहरुमार्फत उपयोग गर्न सफल भइरहेका छन् । वित्तीय संस्थाहरुले अर्काको स्वामित्वमा रहेको पैसा तथा सम्पतिको व्यवस्थापन र नियन्त्रण आफ्नो साथ राख्ने हुंदा दुरुपयोग हुने अधिक सम्भावना रहन्छ । आम्दानीको श्रोत तथा व्यक्तिको परिचयपत्र अनिवार्य राख्नुपर्ने भन्ने अन्तर्राष्ट्रिय कानुनी मान्यतालाई सबै देशले गम्भीर रुपमा अंगाल्नु पर्ने आवश्यकता देख्छन् आचार्य ।
युरोपियन युनियन (ईयू) देशहरुमा चौंथो मनी लाउन्डरिङ निर्देशिका सन् २०१५, जुन १ देखि तयार गरी दुईवर्ष भित्र सबै ईयू देशमा लागू गर्नुपर्ने प्रावधान क्रियाशिल छ । भ्रष्टाचार, अपराध तथा आतंकवादको फाइनान्स र मनी लाउन्डरिङबीच सिधा सम्बन्ध रहने भएकाले वित्तिय पारदर्शीता ल्याउन मनी लाउन्डरिङ नियमको आवश्यकता सबै देशका निकायले बुझ्न अत्यन्त खांचो रहेको विश्लेषकहरुको राय छ । इकान्तिपुर
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने