बेइजिङ, २६ भदौ । गत हप्ता उत्तर कोरियाले गरेको आणविक परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका कुनै पनि विकीरणहरु नदेखिएको चीनले जनाएको छ ।
उत्तर कोरियाले गत हप्तामात्र अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परीक्षण गरेको थियो । उक्त परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालको कुनै विकीरण भए नभएको बारेमा चीनले अध्ययन गरेको थियो ।
चीनको वातावरण संरक्षणसम्बन्धी मन्त्रालयले गरेको सो अध्ययनपछि यो तथ्य बाहिर आएको हो । उक्त मन्त्रालयले गरेको अध्ययनमा वातावरणलाई अथवा मानवीय स्वास्थ्यलाई असर पर्ने खालका कुनै पनि विकीरणहरु नपाइएको जनाइएको हो ।
चीनको सो मन्त्रालयको वेभसाइटमा दिइएको छ– यसरी गरिएको अध्ययनमा उत्तर कोरियाले हालै गरेको सो परीक्षणका कारण वातावरणीय रुपमा असर पार्ने खालका कुनै पनि तत्व वा विकीरणहरु भेटिएका छैनन् ।
उत्तर कोरियाले गरेको सो परीक्षणपछि चीनले गएको आठ दिनदेखि सो परीक्षणबाट उत्पन्न हुनसक्ने वातावरणीय खतराको बारेमा अनुसन्धान गरेको थियो । उक्त परीक्षणपछि सोमबार यो तथ्य बाहिर ल्याएको हो ।
उत्तर कोरियाले यस पटक गरेको छैठौँ पटकको परीक्षण यसअघिका सबै परीक्षणभन्दा शक्तिशाली भएको बताइएको छ ।
यसै परीक्षणका कारण उत्तर कोरियामा मात्र नभएर दक्षिण कोरिया र चीनमा पनि भकम्पन महसुश गरिएको थियो । उक्त परीक्षण हाइड्रोजन बम मिश्रित भएकोले यसबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका विकीरणहरु पनि पाइनसक्ने बताइएको थियो ।
यस परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका कुनै विकीरणहरु नभेटिएको समाचार यसअघि पनि जापानले सार्वजनिक गरेको थियो ।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी