लन्डन । एनआरएनए यूकेको नयां नेतृत्वका लागि शनिबार मतदान शुरु भएको छ । बिहान ८ बजेदेखि लन्डनका हयारो र प्लमस्टिड, अल्डरसट एवं लेस्टर केन्द्रहरुमा मतदान शुरु भएको निर्वाचन समितिले जनाएको छ ।
मतदान कार्यक्रम बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । साउथ हयारो केन्द्रमा रहेकी निर्वाचन समिति सदस्य सुमाया राईले मतदान शान्तिपूर्ण सुचारु भएको जनाइन् । निर्वाचन अधिकृत जगन कार्कीका अनुसार, बिहान दश बजेसम्म करिब एकसय मत खसेको छ । गोल्डेनसीप रेष्टुरेन्टमा हयारो मतदान केन्द्र छ ।
हयारो बुथमा पहिलो मत खसालेका युरोप संयोजक कुल आचार्यले निर्वाचन सौहाद्र वातावरणमा शुरुवात भएको जनाउंदै मतदातालाई निर्धक्क भएर मताधिकार प्रयोग गर्न अपिल गरेका छन् । बेलायतलाई संसारभरले हेर्ने भएकाले निर्वाचन सभ्य, अनुशासित र शान्त वातावरणमा सम्पन्न गराउन आचार्यको आग्रह छ ।
हयारो बुथमा केही व्यक्तिले आफ्ना नातेदारको मत हाल्न खोजेपछि होहल्लाबीच निर्वाचन अधिकृत नरेश कांगमांग राईले स्थिति नियन्त्रणमा लिएका थिए ।
अल्डरसट बुथमा रहेका निर्वाचन समितिका सदस्य सचिव रामशरण सिम्खडाले पौने दशबजेसम्म करिब दुई सय मत खसेको जानकारी दिए ।
प्लमस्टिड केन्द्रमा रहेका पत्रकार एवं निर्वाचन अधिकृत ध्रुवराज अर्यालका अनुसार, करिब पौने दुई घण्टामा ९७ वटा मत खसेको छ । त्यहांको वातावरण सम्य र शान्त छ । प्रतिनिधि शिवजी श्रेष्ठका अनुसार लेस्टर मतदान केन्द्रमा दशबजेसम्म दुईसय मत खसेको छ भने वातावरण शान्त छ ।
मतदान सकिएपछि मध्यरातदेखि नै मत गणना शुरु गरिने निर्वाचन समितिले जनाएको छ ।
यसपटक अध्यक्षका लागि कृष्ण तिमल्सेना, योगकुमार फगामी र हिराधन राई प्रतिष्पर्धामा छन् । तस्विरः नरेन्द्र बस्नेत
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ