लिस्बोन । एनआरएनए पोर्तुगलको सेप्टेम्बर १० मा हुने छैटौं अधिवेशन र कार्यसमिति निर्वाचनको लागि सेप्टेम्बर ७ मा उम्मेदवारी फिर्ताको अन्तिम दिन विभिन्न पदहरुमा र्नििवरोध भएको छ ।
दुईजना आइसीसी सदस्यमा नरेन्द्रबहादुर हमाल र पेम्बा शेर्पा निर्बिरोध भए । यसैगरी अध्यक्षमा कुबेर कार्की र महासचिवमा निराजन सुबेदी, सचिवमा घनेश्याम सुबेदी र अगेन्द्र गुरुङ, महिला संयोजकमा सीता बराल र १५ जना सदस्यहरु निर्बिरोध भएको निर्वाचन समितिले जनाएको छ । तर औपचारिक घोषणा अधिवेशनमा मात्र हुने निर्वाचन समितिका सदस्य राजकुमार थापाले बताए ।
तर तीन खुला उपाध्यक्ष, एक महिला उपाध्यक्ष, कोषाध्यक्ष र युवा संयोजकमा भने चाहिने संख्या भन्दा बढिको उम्मेदवारी परेको हुंदा निर्वाचन हुने निश्चित देखिएको थापाले जानकारी गराए ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान