बर्लिन (जर्मनी), २० भदौ । जर्मन चान्सलर एन्गेला मर्केलले आफ्नो सरकारले जर्मनीको आर्थिक सुधारका लागि महत्वपूर्ण उपलब्धि हाँसिल गरेको यहाँको संसद्लाई मङ्गलबार सम्बोधन गर्ने क्रममा बताउनुभएको छ ।
मर्केलले आँफू नेतृत्वमा आएपछि प्रविधिमा तीब्र परिवर्तन गर्ने बिषयमा सफलतासमेत हाँसिल गरेको पनि बताउनु भयो । मर्केलले यसै महिनाको अन्त्यतिर हुने निर्वाचनमा चौँथो कार्यकालका लागि निर्वाचन लड्ने तयारी गर्नुभएको छ ।
मर्केलको अनुदारवादी क्रिश्चियन डेमोक्रेटिक पार्टीले यही सेप्टेम्वर २४ निर्वाचनको पूर्व तयारी भइरहेको समयमा भएका मत सर्वेक्षणले बहुमत ल्याउने देखाएको छ ।
संसदमा गरेको सम्बोधनमा मर्केलले जर्मनीमा आफ्नो नेतृत्वले अर्थतन्त्रलाई बलियो बनाएको, बेरोजगार दर घटाएको र ज्यालाका लागि न्युनतम मापदण्डको निर्धारण गरेको लगायतका केही महत्वपूर्ण उपलव्धि हाँसिल गरेको बताउनुभयो ।
तर मर्केलले जर्मनी विशेष गरी डिजिटल विकास र प्रविधिको उन्नतिको स्तरमा दोबाटोमा रहेको जनाउँदै यसका लागि थप काम गर्न बाँकी रहेको बताउनुभयो ।
मर्केलले बर्लिनका ऐतिहासिक कलात्मक तथा प्रविधिजन्य सामग्रीलाई संग्राहलय बनाएर राखिएको बताउँदै आँफूले जर्मनीलाई प्रविधिको संग्राहलय बनाएर मात्र राख्न नचाएको जानकारी गराउनुभयो । जर्मनीको डिजिटल प्रविधिमा प्रवेशसँगै बाँकी विश्वको निद्रा हराम भएको पनि बताउनुभएको छ ।
आँफूलाई भविष्यका चुनौतिसँग सामना गर्ने क्षमता राख्ने हैसियत भएको दावी गर्दै यदि जर्मन जनताले उहाँलाई पुनः चान्सलर बनाएमा अनुसन्धानमुलक गतिविधिमा थप लगानी गर्ने बताउनुभयो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी