इश्लामावाद (पाकिस्तान), १८ भदौ । पाकिस्तानी पूर्व सैनिक शासक प्रवेज मुशर्रफले पूर्व प्रधानमन्त्री बेनेजिर भूट्टोको हत्याबारे लागेको मुद्दाको सामना गर्न आफू पाकिस्तान आउने बताउनुभएको छ ।
पाकिस्तानी एक अदालतले बिहीबार भूट्टोको हत्या मुद्दामा सुनुवाई गर्दै सन् २००७ मा भएको घटनामा सम्लग्न भनी आरोप लगाइएका पाँच जनालाई सफाई दिएको छ भने मुशर्रफलाई अदालतमा हाजिर नभै भागिरहेको जनाएको छ ।
मुशर्रफद्वारा आइतबार सन्चारकर्मीलाई उपलव्ध गराइएको वक्तव्यमा भनिएको छ, ‘रावलपिन्डी प्रति आतङ्कवाद अदालतको फैसला आफ्नो विरुद्धमा छैन । म पक्कै पनि पाकिस्तानमा आउने छु र उक्त मुद्दाको सामना गर्नेछु ।’
अदालतले मुशर्रफलाई ‘भगौडा’ भन्दै उहाँको नाममा रहेको सम्पत्ति जफत गर्न आदेश दिएको छ ।
‘मलाई बेनजिर भूट्टोको हत्या आरोपमा मुछिएको छ र राजनैतिक पीडित बनाइएको छ । तर, उहाँको असामयिक तथा दुखद हत्यामा मेरो कुनै सम्लग्नता रहेको छैन’ मुशर्रफको भनाइ छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान