इश्लामावाद (पाकिस्तान), १८ भदौ । पाकिस्तानी पूर्व सैनिक शासक प्रवेज मुशर्रफले पूर्व प्रधानमन्त्री बेनेजिर भूट्टोको हत्याबारे लागेको मुद्दाको सामना गर्न आफू पाकिस्तान आउने बताउनुभएको छ ।
पाकिस्तानी एक अदालतले बिहीबार भूट्टोको हत्या मुद्दामा सुनुवाई गर्दै सन् २००७ मा भएको घटनामा सम्लग्न भनी आरोप लगाइएका पाँच जनालाई सफाई दिएको छ भने मुशर्रफलाई अदालतमा हाजिर नभै भागिरहेको जनाएको छ ।
मुशर्रफद्वारा आइतबार सन्चारकर्मीलाई उपलव्ध गराइएको वक्तव्यमा भनिएको छ, ‘रावलपिन्डी प्रति आतङ्कवाद अदालतको फैसला आफ्नो विरुद्धमा छैन । म पक्कै पनि पाकिस्तानमा आउने छु र उक्त मुद्दाको सामना गर्नेछु ।’
अदालतले मुशर्रफलाई ‘भगौडा’ भन्दै उहाँको नाममा रहेको सम्पत्ति जफत गर्न आदेश दिएको छ ।
‘मलाई बेनजिर भूट्टोको हत्या आरोपमा मुछिएको छ र राजनैतिक पीडित बनाइएको छ । तर, उहाँको असामयिक तथा दुखद हत्यामा मेरो कुनै सम्लग्नता रहेको छैन’ मुशर्रफको भनाइ छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी