वासिङटन, (संयुक्त राज्य अमेरिका), १८ भदौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बाढी प्रभावित टेक्ससको दोश्रो पटक भ्रमण गर्दै आँधी प्रभावितहरुको उद्धारकार्यको प्रशंसा गर्नुभएको छ । राष्ट्रपति र उहाँकी श्रीमती मेलानियाले पीडित र स्वयंसेवकहरुसँग भएको भेटमा भन्नुभयो, ‘उद्धारका सबै कुरा राम्रोसँग अगाडि बढिरहेका छन् ।’
उहाँले भन्नुभयो, ‘काम निकै कठीन थियो तर पुरा देश र सारा विश्वले हेर्ने गरी असाध्यै राम्ररी काम भएको छ ।’
एकहप्ता अगाडि त्यहाँ विनाशकारी आँधी आएको थियो । बाढी आए लगत्तै उहाँले प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको थियो । बाढीको प्रभाव कम हुँदै गएपछि केही स्थानमा स्थानीयबासीलाई घर फर्कन दिइएको छ तर केही क्षेत्रमा अझ पनि बाढीको पानीको मात्रा बढिरहेकाले खतरामुक्त नभएको भन्दै घर फर्किन दिइएको छैन ।
हार्भी आँधीका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको थियो । बाढीबाट विस्थापित हजारौँ मानिसलाई शिविरमा राखिएको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान