वासिङ्टन (अमेरिका), १७ भदौ । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाबाट सिर्जना हुने सुरक्षा चुनौति सामना गर्न सहकार्यलाई थप शसक्त बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । यसका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोललाई अमेरिकी सैनिक सामग्री बेच्ने अबाँै अमेरिकी डलर बराबरको ‘अवधारणात्मक सहमति’ जनाउनुभएको छ ।
गत मङ्गलबार उत्तर कोरियाले जापानी भूमिमा क्षेप्यास्त्र प्रहार गरेको थियो । यद्यपि प्रहार सामुद्रिक क्षेत्रमा भएकाले यसबाट कुनै मानवीय वा भौतिक क्षति भने भएको थिएन । घटनापछि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली हतियार परीक्षणको मोहले सैनिक कारबाहीको आवश्यकतालाई महशुस गराएको भन्दै ‘सवै विकल्प वार्ताका लागि टेबुलमा’ रहेको बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाली समकक्षी मुन जाए–इनलाई फोन गरी उत्तर कोरियाली ‘अस्थिर र उत्ताउलोे व्यवहार’ विरुद्ध समन्वय गरी अघि बढ्नुपर्नेतर्फ आग्रह गर्नुभएको, ह्वाइट हाउसले शनिबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।
ट्रम्प र मुनले उत्तर कोरियाविरुद्ध तीव्र कुटनैतिक तथा आर्थिक दवाव दिने र प्योङ्याङको हतियार मोहबाट उब्जिएको सुरक्षा खतरालाई सामना गर्ने विज्ञप्तिमा जनाइएको छ ।
दुई देशका नेताबीच सुरक्षा सहकार्यका लागि समन्वय गर्दै दक्षिण कोरियाली प्रतिरक्षा क्षमतालाई मजबुत पार्ने बिषयमा सहमति भएको थियो ।
विज्ञप्तिमा भनिएको छ, अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाले अमेरिकी सैनिक सामग्री किन्ने अर्बौ डलर बराबरको योजनाप्रति सहमतिसमेत जनाउनुभएको छ ।
अर्को एक फोनमा अमेरिकी राष्ट्रपति ट्रम्पले काजकिस्तानका राष्ट्रपति नुरसुल्तान नजारबायेवसँग कुरा गर्दै काजकिस्तानसँगको २५ बर्ष लामो कुटनैतिक सम्बन्ध र आफ्नो सरकारले अघि सारेको दक्षिण एसियाली रणनीतिका बिषयमा जानकारी गराउनुभएको बताइएको छ ।
ट्रम्पले काजकिस्तानले क्षेत्रिय र विश्वस्तरमा गरेको नेतृत्वदायी भूमिका र आउँदो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्कोे प्रमुखको चयनका लागि देखाएकोे भूमिकाको प्रशंसा गर्नुभयो ।
त्यसैगरी ट्रम्पले कोलम्बियाका राष्ट्रपति जुवान म्यानुयल सान्तोससँग पनि फोनवार्ता गनुभएको छ । कुराकानीमा कोलम्बियाले गैरकानुनी औषधिको उत्पादन नियन्त्रणमा गरेको अत्यन्त्यै महत्वपूर्ण पहलको सह्राहना गर्नुभयो ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत