
मोगादिसु (सोमालिया), १५ भदौ । सोमालियामा अझै पनि ६२ लाख नागरिकले खाद्य असुरक्षाको समस्याबाट गुज्रँदै आएको संयुक्त राष्ट्रसङ्घ खाद्य सुरक्षा तथा पोषण अन्वेषण एकाईले बिहीबार जनाएको छ ।
यद्यपि उक्त रिपोर्ट यसअघिको तथ्याङ्क ६७ लाखबाट झरेको राष्ट्रसङ्घले जनाएको छ । तथ्याङ्कले खाद्य असुरक्षाको अवस्थामा सामान्य सुधार आएको देखाए पनि सोमालियामा अहिले पनि नागरिक सामान्य अवस्थाबाट जीविका चलाउन नसकेको अध्ययन प्रतिवेदनले देखाएको छ ।
गत जुन र जुलाईमा गरिएको आवधिक अध्ययनबाट प्राप्त तथ्याङ्क अनुसार सोमालियामा ३१ लाख नागरिकले डिसेम्बरसम्म तीब्र खाद्य सङ्कट वा सङ्कटकालिन खाद्य असुरक्षाको स्थिति झेलेका पाइएकोे छ ।
त्यस्तै थप ३१ लाख सोमालियाली जनसङ्ख्यामा पनि खाद्य असुरक्षाको तनावको घेरामा रहेको राष्ट्रसङ्घीय एकाईले बताएको छ । यसरी अहिले पनि ठूलो सङ्ख्यामा नागरिकमा खाद्य असुरक्षाको समस्या हुनु असामान्य स्थिति भएको राष्ट्रसङघले ठहर छ ।
सोमालियामा यसबर्षको शुरुमा नै परेको खडेरी पनि सुरक्षित खाद्यान्न व्यवस्थापनका लागि जिम्मेवार भएको अध्ययनको ठम्याई छ । ठूलो सङ्ख्यामा द्वन्द्वबाट विस्थापित भई आन्तरिक तथा बाह्य रूपमा शरणार्थी जीवन विताइरहेका र यसले गर्दा खेतीयोग्य भूमिपनि बाँझो बनेको खाद्यान्नमा परनिर्भर रहनुपर्ने बाध्यता पनि खाद्य असुरक्षाको प्रमुख कारक रहेको अध्ययनको ठहर छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी