मुम्बई, १५ भदौ । भारतको आथिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ । ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका समाचारमा जनाइएको छ ।
मुम्बइको बजार इलाकाकै चार तल्ले भवन बिहीबार बिहान ८ः४० मा भत्किएको थियो । त्यसमा परी अहिलेसम्म १६ जनाको ज्यान गइसकेको छ । बाँकी अरु सोही भत्किएको भवनमा पुरिएर रहेको आशङ्का गरिएको छ ।
मुम्बइमा दुई दिनदेखि भारी बर्षा जारी रहेको छ । सो बर्षाका कारण पनि उक्त भवन भत्किएको अुनमान गरिएको छ । भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारका लागि ठूलो सङ्ख्याका अधिकारी खटिएको बताइएको छ ।
ती अधिकारीले चार जनालाई जिवीतै उद्वार गरिएको पनि जनाएका छन् । साथै उनका अनुसार उक्त भवनमा ४० जना पुरिएर रहेको सङ्ख्या उक्त भवनका बासिन्दाले नै जानकारी दिएका छन् ।
भारतीय प्रहरीको विशेष कमाण्डोसम्मिलत ४३ जनाले उद्वारको कार्य जारी राखेको बताइएको छ । उनीहरुले दिएको जानकारीअनुसार सो भवनमा ९ जनाको परिवार बसोबास गर्दै आएको छ ।
मुम्बइमा भारी बर्षा जारी, १० को मृत्यु
यसैबीच मुम्बइका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार रातिसम्ममा १० जनाको ज्यान गएको छ । मुम्बइको प्राकृतिक प्रकोप उद्वार कार्यान्वयन समितिले सो जानकारी दिएको हो ।
प्राप्त पछिल्लो समाचारअनुसार भारी बर्षाका कारण यहाँका विद्यालयहरु बुधबारदेखि नै बन्द गरिएको छ । त्यस्तै यातायातका साधन, ब्यापार र होटल प्रतिष्ठानहरु पनि बुधबार बन्द थिए । यी कार्यालयहरु बिहीबार पनि विहानसम्म खुल्न सकेका छैनन् ।
भारतको आर्थिक राजधानी मानिने सो सहरमा गत सोमबार बेलुकीदेखि वर्षा निरन्तर भइरहेको छ । जसका कारण कम्तीमा दुई करोड जनसंख्या रहेको मुम्बई सहर अस्तव्यस्त भएको छ ।
गएका केही दिनयतादेखि दक्षिण एसियामा जारी सक्रिय मनसुनले ठूलो क्षति पुरयाएको छ । यस मुनसुनमा भारत, नेपाल र बङ्गलादेशमा एक हजार २०० भन्दा बढीको ज्यान गइसकेको छ ।
मुम्बईमा बर्षा जारी छ । पानी जमेका कारण बजार क्षेत्र अस्तव्यस्त छ । पानीका कारण बिजुली सट भएर र बजार क्षेत्रकै एक पर्खाल भत्किएर पाँच जनाको मृत्यु भएको जानकारी बुधबार अपरान्ह नै दिइएको थियो ।
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत