वासिङ्टन (संयुक्त राज्य अमेरिका), १३ भदौ । उत्तर कोरियाले जापानी सामुद्रिक क्षेत्र हुँदै मङ्गलबार बिहानै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रतिक्रिया दिँदै अव ‘सवै विकल्प खुल्ला’ रहेको बताउनुभएको छ ।
तर्साउने र अस्थिरता निम्त्याउने कार्यले उत्तर कोरियाली सरकार यस क्षेत्र र समग्र विश्व समुदायबाट एक्लिने गतिविधि बाहेक अरु केही नभएको ह्वाइट हाउसले मङ्गलबार जारी गरेको वक्तव्यमा भनिएको छ ।
‘अन्य मुलुकलाई तर्साउने र अस्थिरता निम्त्याउने कार्यले उत्तर कोरियाली सरकार विश्व समुदायबाट एक्लिने गतिविधि देखिएको छ’, वक्तव्यमा भनिएको छ । यससँगै उत्तर कोरिया विरुद्धका सवै विकल्प खुला रहेको ट्रम्पले बताउनुभएको छ ।
यसैबीच राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत हान ताई सोङले प्योङयाङको जापानी आकासको बाटो समुद्रमा गरिएको क्षेप्यास्त्र प्रक्षेपण कोरियाली प्रायदीपमा अमेरिकी हस्तक्षेप विरुद्धको कडा प्रतिकारको उपाय भएको बताउनुभएको छ ।
राष्ट्रसंघको निशस्त्रीकरण सम्बन्धि जेनेभा भेलालाई सम्बोधन गर्दै ताइ सोङले भन्नुभयो, ‘पटक पटकका चेतावनीपछि पनि अहिले अमेरिकाले दक्षिण कोरियाली भूमिमा सैनिक अभ्यास गरी खुला रूपमा उत्तर कोरियामाथि शत्रुवत व्यवहार देखाएको छ । यसप्रति प्रतिक्रिया दिनु मेरो देशका कर्तव्य हुन्छ ।’ सोङले जापानी क्षेत्रमा प्रक्षेपण गरेको क्षेप्यास्त्रबारे प्रत्यक्ष केही नभनीकनै भन्नुभयो, ‘कोरियाली प्रायदीपमा देखिएको तनावका कारण ‘कुनैपनि विनासकारी दुखद नतिजा’ को सिर्जना भएमा यसप्रति अमेरिका जिम्मेवार रहनुपर्छ ।’
प्योङयाङले आत्मरक्षाका लागि प्रतिवाद गर्ने अधिकार रहेको पनि उत्तरकोरियाली राजदूत सोङको जिकिर थियो ।
यसैगरी अमेरिकी राजदूत रोबर्ट वुडले उत्तर कोरियाले केही समय यता देखाइरहेका उत्तेजक गतिविधिलाई अन्त्य गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी