
भारत भ्रमणमा रहनु भएको प्रधानमन्त्री शेरबहादुर देउवा विहारका मुख्यमन्त्री नितिशकुमारले प्रदान गरेको मायाको चिनो ग्रहण गर्दै । तस्वीर- रोशन सापकोटा, नयाँदिल्ली
बिहार (भारत), १० भदौ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज साँझ बिहारका मुख्यमन्त्री नितिश कुमारले शिष्टाचार भेट गर्नुभयो ।
प्रधानमन्त्री देउवासँग बिहारको रोयल रेसिडेन्सी होटलमा मुख्यमन्त्री नितिश कुमारले आज साँझ भेटवार्ता गर्नुभएको हो ।
भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवा आजै साँझ आन्ध्र प्रदेशबाट बिहार आइपुग्नुभएको हो ।
सो भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवा र मुख्यमन्त्री नितिश कुमारबीच हालै नेपालको तराई र बिहारका कतिपय सीमा क्षेत्रहरुमा बाढीका कारण भएको क्षतिका विषयमा विस्तृत छलफल भएको थियो । नेपाल र भारततर्फ बाढीले पुरयाएको क्षति र बाढी नियन्त्रणका लागि दुवै देशका तर्फबाट संयुक्त रुपमा दिगो व्यवस्थापनको पहल गर्नुपर्ने कुरामा प्रधानमन्त्री देउवाले जोड दिनुभएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो ।
भेटवार्तामा बाढी नियन्त्रणका लागि कोशी र गण्डक सम्झौतासम्बन्धी दुई देशीय संयुक्त संयन्त्रलाई सक्रिय बनाई बाढी नियन्त्रणका दीर्घकालीन प्रबन्ध नहुन्जेलसम्म दुवै देशका लागि अभिशाप हुने भएकाले संयुक्त संयन्त्रको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।
सो वार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेपालले हालै भारतसँग गरेका ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा सहजीकरण गरिदिनुभएकामा मुख्यमन्त्री नितिश कुमारलाई धन्यवाद दिनुभएको थियो ।
भेटवार्तामा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले दिनुभएको जानकारी अनुसार भारतको पटना र नेपालको काठमाडौँमा पानी व्यवस्थापनको छुट्टाछुट्टै सम्मेलन गर्ने सहमति भएको छ । ती सम्मेलनमा नेपाल तथा भारत सरकारका जलस्रोतसम्बन्धी विज्ञ तथा सरकारी अधिकारीको सहभागिता हुनेछ ।
भेटवार्तामा प्रधानमन्त्री देउवा, पर्यटन मन्त्री देव, परराष्ट्र सचिव वैरागी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री देउवा आजै उहाँको सम्मानमा मुख्यमन्त्री नितिश कुमारले आयोजना गर्नुभएको रात्रिभोजमा सरिक हुनुभयो ।
प्रधानमन्त्री देउवा आइतबार बिहारको बोधगयामा रहेको महाबोधी जानुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवा आइतबार साँझ बिहारबाट नयाँदिल्ली हुँदै स्वदेश फर्कने कार्यक्रम छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी