इटाली । अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ इटालीले हरितालिका तीजको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै बाढी पीडितको लागि रकम संकलन गरेको छ । नेपालमा विपत परिरहंदा प्रवासमा रमाइलो गर्न नहुने तर्क चलिरहेकै बेला कलाकार संघले भने केही घन्टामा डेढलाख रुपैयां भन्दा बढि संकलन गरेको छ ।
उक्त संकलित रकम यथाशीघ्र धुर्मुस सुन्तली फाउन्डेसनमा जम्मा गर्न लागिएको कलाकार संघका सचिव झिमनारायण चापागाईंले जानकारी दिए । भूकम्पपीडितहरुको लागि नमुना घर बनाएर ख्याति कमाएको उक्त फाउन्डेसनले बाढी पीडितहरुको लागि राहत वितरण गरिरहेको छ ।
सहयोगी हात र मनकारी मनहरु
कार्यक्रममा सहयोग गर्न नथाक्ने हातहरु र कन्जुस्याईं नगर्ने मनहरु प्रशस्तै थिए । कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए इटालीका अध्यक्ष क्षेत्रकुमार श्रेष्ठले परोपकार र सांसारिक जिवनलाई संगै लिएर गएमात्र जीवनको लक्ष्य प्राप्त हुनसक्ने बताए । उनले दिदीबहिनीहरुलाई दर खुवाउने उक्त कार्यक्रमको सम्पूर्ण खर्च मात्र व्यहोरेनन्, नगद दुईसय पनि सहयोग उपलव्ध गराए ।
कार्यक्रममा एनआरएन इटालीका भूतपूर्व उपाध्यक्ष हरिभक्त
काराखेती तथा अनेकस इटालीका संरक्षक भिन सुनुवार तथा इटाली भ्रमणमा रहेका व्यवसायी अग्नी पौडेलले आफ्नो विचार राखेका थिए ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी