जेनेभा, २ भदौ । सियरा लियोनमा करिब एक हप्ता यतादेखि जारी रहेको बाढी र पहिरोमा परी कम्तीमा पनि ४०० जनाको ज्यान गएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिका एकजना अधिकारीले जनाएका छन् ।
हप्तादिन अघिदेखि सियरा लियोनमा बाढी आएको छ । कतिपय स्थानमा पहिरो खसिरहेको बताइएको छ । गत मङ्गलबार नै बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या २०० पुगिसकेको थियो । त्यसलगत्तै त्यहाँ हप्तादिनसम्म राष्ट्रव्यापी शोक सप्ताहको घोषणा गरिएको छ ।
ठूलो झरी र अविरल वर्षाका कारण गत सोमबारदेखि देशका धेरै ठाउँमा पहिरो गएको छ । कैयौँको पहिरोमा परी मृत्यु भएको छ । अझै पनि करिब ६०० जना बेपत्ता भएका छन् ।
हजारौँ व्यक्ति घरबारविहीन भएका कारण मृत्यु भएकालाई श्रद्धाञ्जलि व्यक्त गर्न र उद्धारका लागि भन्दै उक्त शोक सप्ताहको घोषणा गरिएको हो ।
राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा देशभरका सबै कार्यालय तथा विदेशमा रहेका सियरा लियोनका सबै कूटनीतिक नियोगमा रहेका राष्ट्रिय झण्डा १६ देखि २२ अगस्टसम्म आधा झुकाइने बताइएको छ ।
गरिबी व्याप्त रहेको यस पश्चिम अफ्रिकी मुलुकको राजधानी फ्रिटाउनको बाहिरी ग्रामीण इलाकामा गत सोमबारदेखि परेको लगातारको ठूलो झरीका कारण धेरै क्षेत्रमा पहिरो गएको छ ।
सियरा लियोनको आकस्मिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार बेपत्ता व्यक्तिको खोजीका लागि ठूलो सङ्ख्याका उद्धारकर्मी खटाइएको छ ।
त्यस्तै वर्षा र पहिरोका कारण कम्तीमा तीन हजार मानिस घरबारविहीन भएको सियरा लियोनस्थित अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ । मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।
अफ्रिकी राष्ट्रहरूले विगतका केही वर्षदेखि ठूला प्राकृतिक विपत्ति व्यहोर्नु परेको थिएन । सियरा लियोनको यस घटनालाई विगतका केही वर्ष यताको सबैभन्दा भयावह विपद्को रूपमा हेरिएको छ ।
छिमेकी अफ्रिकी मुलुकहरु नाइजेरिया र केन्याका राष्ट्रपति अफ्रिकी संघका अध्यक्ष मोउसा फकी महम्मतलगायत अन्य थुप्रै अफ्रिकी राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखहरूले सियरा लियोनका राष्ट्रपतिसमक्ष तत्कालै सहानुभूति व्यक्त गर्दै खाद्यान्न, लत्ता कपडा, औषधि तथा अन्य उद्धार सामग्रीहरू प्रदान गरी सहयोग गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय रेडक्रसका अध्यक्ष एल्दाज अस सीले जेनेभामा संवाददातारुसँग भन्नुभयो– ‘हामीले शुक्रबार गणना गरेका छौँ र अहिलेसम्ममा ४०० जनाको शव फेला परेको छ ।’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी