बार्सिलोना (स्पेन), २ भदौ । स्पेनमा भएको दुई छुट्टाछुट्टै आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । घटनामा करिब १०० जना घाइते भएका स्पेनी नागरिक सुरक्षा मामिला हेर्ने सरकारी निकायले शुक्रबार जनाएको छ ।
उक्त संस्थाका अनुसार घटनामा मृत्यु हुने तथा घाइते हुनेमा विभिन्न ३४ देशका नागरिक छन् । घटनामा फ्रान्स, पाकिस्तान, स्पेन, नेदरल्याण्ड, चीन, भेनेजुयला, मौरीटानिया, अष्ट्रेलिया, बेलायत, आएरल्याण्ड, बेल्जियम, पोर्चुगल, अष्ट्रेलिया, ग्रीस, हङ्गेरी, मेसेडोनिया, अष्ट्रिया, टर्की लगायतका देशमा नागरिक परेका जनाइएको छ ।
घटनामा कुनै नेपाली परेको जानकारी बिहीबार अपराह्नसम्म खुलेको छैन ।
यसैबीच आक्रमणमा सम्लग्न रहेको आरोपमा स्पेनी सुरक्षाकर्मीले चौँथो आरोपीलाई पक्राउ गरेको छ । क्याम्ब्रिल तथा बार्सिलोनामा उक्त व्यक्तिले गरेका गतिविधिका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको ट्वीटमा जनाएको छ ।
स्पेन आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु, एक घाइते
वासिङटन (संयुक्त राज्य अमेरिका), २ भदौ । अमेरिकी विदेश विभागले स्पेनको बार्सिलोना र क्याम्ब्रिल्समा भएका दुई छुट्टाछुट्टै आक्रमणमा एक अमेरिकी नागरिकको ज्यान गएको र एक जना घाइते भएका जनाएको छ ।
बार्सिलोनामा रहेका अमेरिकी महाबाणिज्य दूताबासका कुटनीतिज्ञले स्थानीय अधिकारीको सहयोगमा थप विरामीको पहिचान गर्ने र थप अमेरिकी नागरिकलाई सहयोग पुरयाउने काम भइरहेको विभागले जनाएको छ ।
विभागले अमेरिकी नागरिक सामान्य घाइते भएको जनाएपनि उनको नामभने सार्वजनिक गरेको छैन ।
घाइते २५ जना फ्रान्सेली
स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलामा परी घाइते भएकामध्ये २६ जना फ्रान्सेली नागरिक रहेका छन् ।
फ्रान्सेली विदेशमन्त्री जेएन भेसले ड्रिआनले शुक्रबार सो जानकारी दिनुभएको प्राप्त समाचारमा उल्लेख छ । घाइते भएका फ्रान्सेली नागरिकमध्ये ११ जनाको अवस्था गम्भीर रहेको पनि उहाँले जानकारी दिनुभएको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी