न्यूयोर्क (अमेरिका) । नेपालका आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र भेषभूषालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित पहिलो पटक अमेरिकामा आदिवासी चलचित्र महोत्सव २०१७ आयोजना गरिने भएको छ ।
२३ औं विश्व आदिवासी दिवसको अवसरमा न्यूयोर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव गर्न लागिएको महोत्सवकी सञ्चार संयोजक मच्छे गुरुङले बताएकी छिन् ।
महोत्सवले आदिवासी जनजातिको परम्परागत शैलीमा बनाइएका चलचित्रहरुलाई प्रोत्साहन गर्नुका साथै उनीहरुको परम्परा, भाषा, कला, संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागिएको गुरुङले जानकारी दिइन् ।
नेपाल आदिवासी जनजाति महासंघ फिप्ना अमेरिकाको आयोजनामा हुने महोत्सवले आदिवासी जनजातिको हक, अधिकार सुनिश्चित गराउन र पहिचानको मुद्दालाई स्थापित गराउन सहयोग पुग्ने फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले बताएका छन् । मूलधारको चलचित्रबाट ओझेलमा परेका आदिवासी जनजातिका कथावस्तुमा आधारित चलचित्रहरुको प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष वाइवाको भनाइ छ ।
चलचित्र महोत्सव अगष्ट २५ देखि २७ तारिखसम्म तीन दिन ढाका क्लबमा हुनेछ । तीन दिने महोत्सवमा चलचित्र र लघु चलचित्र गरि एघार चलचित्र प्रर्दशन गरिनेछ । गुरुङ भाषाको मैंरिमो, तामाङ भाषी चलचित्र सेम ताबा म्ही, लिम्बु भाषाको हेलुक्वा, मगर भाषाको लोम्बा, नेवारी चलचित्र कृषा गौतमीसहित अन्य चलचित्र प्रदर्शन गरिने तय भएको छ ।
त्यसैगरी, राई भाषाको सुम्निमा र मुस्ताङी चलचित्र ‘शेरढाक’ लाई महोत्सवमा स्थान दिइएको छ । त्यसैगरी, लघु चलचित्रहरुमा नेवारको ‘कल्ली’, थारुको ‘लाज’ माझीको ‘बन्ठी’, र मुगालको ‘फेके’, प्रदर्शन गरिने मिडिया संयोजक गुरुङले बताइन् । महोत्सवमा सन् २०१७ मा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवमा पब्लिक च्वाइस अवार्ड जितेको गुरुङ भाषाको ‘कर्म क्या’ र सन् २०१५ मा उत्कृष्ट आदिवासी राष्ट्रिय पुरस्कार जितेको राई भाषाको ‘मतान’ को विशेष प्रदर्शन गरिने महोत्सवका संयोजक मणि वाङदेलले जानकारी दिए ।
महोत्सवमा विभिन्न ११ विद्यामा उत्कृष्ट हुनेलाई ट्रफी, पुरस्कार र सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट चलचित्रलाई एक लाख नगद, ट्रफी सहित प्रमाणपत्र दिइने छ । कार्यक्रम भव्य र सभ्य रुपमा सफल बनाउन फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले सबै जातिय सदस्य संस्थाहरु लगायतलाई सहयोगका लागि अनुरोध गरेका छन् ।
चलचित्र महासंघ फिन्फी र इन्डिजिनियस फिल्मस् अर्काइभ आइफा सह आयोजक रहेको उक्त महोत्सवमा नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र नेपाल चलचित्र विकास बोर्ड विशेष सहयोगी संस्था रहने फिप्नाले जनाएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी