नयाँ दिल्ली (भारत), ३१ साउन । भारतको ७० औँ स्वतन्त्रता दिवसको अवसरमा नयाँ दिल्लीको लाल किल्लामा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘गोली र गाली’ बाट कश्मीरको समस्या समाधान नहुने बताउनु भएको छ ।
उहाँले पृथकतावादीहरुले काश्मीरमा ‘षड्यन्त्र रचिरहेको’ बताउनुभयो । प्रधानमन्त्रीले धर्मका नाममा हिंसा गराउने कतिपय समुदायलाई सम्बोधनमा कटाक्ष गर्नुभयो । उहाँले जातिवाद र साम्प्रदायिक हिंसा मच्चाइंदा राष्ट्रको उत्थानमा समस्या हुने बताउनुभयो ।
उहाँले मिलेर कश्मीरमा देखिएका समस्याको समाधान गर्नुपर्ने पनि बताउनुभयो । तर आरोप वा हतियारको भरमा समस्या समाधान नहुने बताउदै कश्मीरको समस्याको पहिचान गर्न सम्बद्ध सवैको इमान्दार प्रयास चाहिने उहाँको भनाई थियो । कश्मीरीहरुसँग मिलेर उक्त स्थानलाई ‘पुनः स्वर्ग जस्तै बनाउनुपर्ने’ मा प्रधानमन्त्रीले जोड दिनुभयो ।
सलमान समुदायको बसोबास रहेको काश्मीरमा भारत र पाकिस्तानबीच दशकौंदेखि कायम सीमा विवादको केन्द्रमा रहँदै आएको छ ।
पाकिस्तानले आफ्नो ७० औँ स्वतन्त्रता दिवस १४ अगस्तमा मनाउने गर्छ । पाकिस्तानले स्वतन्त्रता दिवस मनाएको भोलिपल्ट भारतले भव्य कार्यक्रमसहित आफ्नो स्वतन्त्रता दिवस मनाएको हो ।
मोदीले उत्तरी भारतमा अक्सिजनको अभावमा ज्यान गुमाएका ६० बालबालिकाको मृत्युको विषयमा बोल्दै देशलाई उनीहरुका परिवारको पीडामा एकताबद्ध हुन पनि अपील गर्नुभयो । उहाँको सम्बोधनलाई भारतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रशारण गरेका थिए । सम्बोधनस्थलमा पनि ठूलो भीड स्वतन्त्रता दिवस मनाउन सहभागी बनेको थियो ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी