
लन्डन । भूपू गोर्खाका सन्तानले बेलायतको आवासीय अधिकार मुद्दा जित्ने क्रम बढेको छ । गत सातामात्र विधवा धन्पु पुनकी ५० वर्षीया छोरी तारादेवी पुनले कोर्टबाट अपिल जितेकी छन् । एभरेष्ट ल सोलिसिटर्स फर्मले मुद्दा लडेको थियो ।
मानवअधिकार र ऐतिहासिक अन्यायको धरातलमा टेकेर मुद्दाको नतिजा सकारात्मक आएको सोलिसिटर राजु थापाले जनाए । थापाले ५० वर्षका सन्तानले समेत मुद्दा जितेको यो पहिलो रेकर्ड भएको उल्लेख गरे । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका सह संयोजक सूर्य नेम्वांगले गोर्खा सन्तानका मुद्दा क्रमशः जित्दै जानु सकारात्मक र सुःखद पक्ष भएको बताए ।
एभरेष्ट ल सोलिसिटर्स फर्मबाटै यसअघि ४६ वर्षीया एक छोरीले मुद्दा जितेकी थिइन् ।
हाल बेलायत रहेकी तारादेवीकी बहिनी जुग्जाली मगरले जितमा खुशी व्यक्त गर्दै आफूहरु पारिवारिक पुनर्मिलनको प्रतिक्षामा रहेको बताइन् । उनले केस जिताइदिने एभरेष्ट ल सोलिसिटर्स फर्मप्रति आभार समेत व्यक्त गरिन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया