
लन्डन । हिलिङडन गोर्खा नेपलिज कम्युनिटी महिला समूहले शनिबार तीज कार्यक्रम गरेको छ । बट वेल सोसियल क्लव हेज टाउनमा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी राजदूत धर्मपत्नी श्रीमति पुनम राज्य लक्ष्मी सुवेदीले शुभकामना मन्तव्य दिंदै प्रवासमा बसे पनि नेपालीले भाषा, धर्म, संस्कार, संस्कृति, चाडपर्व र परम्परा नर्बिसिएको र बिर्सन पनि नहुने बताइन् । लिखित मन्तव्यमा उनले भनिन्, ‘तीजका अवसरमा हामी आंसु, बेदना, पीडा बिर्सेर नाच्छौं । माइती सम्झने दिन हो तीज, हामी नेपाल आमालाई पनि सम्झन्छौं । वर्षमा हरेक दिन नभए तीजको एक दिन खुशी हुन सकौं ।’
श्रीमति सुवेदीले आगामी २० अगष्टका दिन दूतावासमा तीज विशेष कार्यक्रम गर्न लागिएको जनाउंदै त्यसमा सबै दिदी बहिनीलाई आमन्त्रण समेत गरिन् ।
उक्त कार्यक्रम कम्युनिटीकी उपाध्यक्ष अन्जना गुरुङको संयोजनमा भएको हो । कम्युनिटीको यो चौंथो कार्यक्रम थियो ।
मिठी माया रानामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवर, तमु समाज बेलायत आमा समूहकी अध्यक्ष माया गुरुङ, गोर्खा सत्याग्रह समितिकी सचिव सइन्द्र केसी, शान्तकला राई, विमला सेने लगायत अतिथी थिए ।
अन्जना गुरुङ र सुमी गुरुङले सञ्चालन गरेको कार्यक्रममा तीज पहिरनमा सजिएका महिलाहरुले विभिन्न तीज गीतमा नाच प्रस्तुत गरेका थिए । एकल नाच समेत भएको थियो । उक्त अवसरमा उत्कृष्ट नाच्नेलाई आयोजकले पुरस्कृत समेत गरे ।
कार्यक्रममा स्वागत मन्तव्य विमला मोक्तान र हेल्थ एण्ड सेफ्टीबारे योगा गुरुङले अवगत गराएकी थिइन् । कार्यक्रममा पेय पदार्थमा पूर्ण माया पुन र जांग्बो शेर्पा, टिकेटमा योगा गुरुङ र तीर्थ पुन साथै सेलरोटी र खिर बनाउन बिमला मोक्तान, राधिका गुरुङ, टिला आले, गंगा पुन र यमुनाले सहयोग गरेका थिए ।
तस्विरः शिव भण्डारी
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर