
लन्डन । अर्घाखांचीबाट बेलायत आएर बसोवास गरेका नेपालीको एक भेलाले ‘अर्घाखांची समाज यूके’ गठन गरेको छ । शनिबार लन्डन साउथहयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा भएको पहिलो भेलाले बालकृष्ण भुषालको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा रामबहादुर आले र बीपी खनाल, सचिवमा तुंग भुषाल, सहसचिवमा ज्ञानेन्द्र राना, कोषाध्यक्षमा कमल पन्थी र सह-कोषाध्यक्षमा विमला आचार्य चयन गरेको छ ।
त्यसैगरि सदस्यहरुमा गीता शाही, केशव राना, सुशीला राना, अमिता बेल्बासे, तनबहादुर घर्ती, जितेन्द्र सुनार, अर्जुन भट्टराई र तारा राना चयन भएका छन् ।
भेलाले सल्लाहकार समेत मनोनित गरेको छ जसमा जीव बेल्बासे, याम राना, बुद्धि थापा, क्या. वीरबहादुर थापा, पदम आचार्य र डा. दामोदर खनाल छन् । गोविन्द बेल्बासेलाई विधान कमिटीको जिम्मा दिइएको छ ।
अर्घाखांचीबाट बेलायत आइ विभिन्न क्षेत्रमा आवद्ध करिब ५ सय परिवार रहेको व्यवसायी एवं भेला आयोजकमध्ये एकजना बीपी खनालले जनाए ।
खनालसहित बालकृष्ण भुषाल, जीव बेल्वासे र तुंग भुषालको संयोजनमा भेला आयोजना गरिएको हो ।
आफ्नो जिल्लामा र बेलायतमा आपतविपत पर्दा सहयोग जुटाउन एवं भाइचारा अभिवृद्धिका लागि समाज गठन गरिएको अध्यक्ष भुषालले बताए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया