बेड्मिन्स्टर (अमेरिका), २८ साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आफ्ना चिनियाँ समकक्षी सि जिनपिङबीच शुक्रबार फोनवार्ता हुने बताउनु भएको छ ।
उत्तर कोरियाको जारी राखेको क्षेप्यास्त्र परिक्षणको विषयलाई यी दुई नेताबीच वार्ता हुने बताएको छ ।
राष्ट्रपति ट्रम्पले न्यु जर्सीस्थित अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सन संयुक्त राष्ट्र संघका राजदूत निकी हेलेसँग भएको छलफलपछि ट्रम्पले सम्वाददाताहरुलाई सिसँग शुक्रबार राती टेलिफोन वार्ता हुने बताउनु भएको थियो ।
‘हामी चीन र अन्य देशहरुसँग निकै नजिक भएर सहकार्य गरिरहेका छौ’, ट्रम्पले बताउनु भएको छ ।
चीन परम्परागत रुपबाट नै उत्तर कोरियासँग आवद्ध र एक आपसमा असल मित्रको रुपमा रहदै आएको देश हो । तर गत हप्ता संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा उत्तर कोरियाका नेता किम जोङ उनको सत्ताविरुद्ध शृखलाबद्ध रुपमा लगाएको प्रतिबन्धमा भने चीनले मतदान गरेको थियो ।
अमेरिका र उत्तर कोरियाका बीचमा बढ्दै गईरहेको द्धन्द्ध न्युनिकरण गर्ने वा बढाउने भन्ने विषयमा चीनको ठूलो भूमिका हुने भएकाले अमेरिकाले चीनसँग कुरा गर्न लागेको हुन सक्ने बताइएको छ ।
अमेरिका र उत्तर कोरियाले केही हप्तादेखि एक अर्कालाई अक्रमणको चेतावनी र चुनौती दिदै आइरहेका छन् ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ् शुआङ दुई पक्षलाई आफ्ना बोली र व्यवहारमा संबेदनशिल र नियन्त्रित हुन आह्वान गर्नुभएको थियो । उहाँले एक आपसमा बढ्दै गईरहेको तनाव कम गर्न आग्रह पनि गर्नुभएको थियो ।
उहाँले थप्नुभयो, ‘आशा गरौं, प्रेम र शान्तिको बाटोबाट समस्याको समाधान गर्ने तर्फ सवै लाग्ने छन्, त्यही नै म भन्न सक्छु । आशा गरेजस्तै हुनेछ, जे हुन्छ त्यो हामीले देख्न पाउने छौं ।’
यसैबीच प्राप्त भएको एक समाचार अनुसार अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको छ । चिनियाँ राष्ट्रपति सीले कोरियाको विषयमा वार्ताको मार्फत नै राजनितिक समाधान खोज्नु पर्नेमा जोड दिनु भएको छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने