लन्डन । एक्सप्रेस स्टुडियोले अगामी साता एनआरएनए यूकेका उम्मेदवारहरुसंग साक्षात्कार गर्ने भएको छ । १८ अगस्ट साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेन्टमा बेलुकी ६ देखि ८ बजेसम्म साक्षात्कार कार्यक्रम गरिने स्टुडियोका सञ्चालक बीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
आगामी सेप्टेम्बर ९ मा हुन लागेको एनआरएनए यूकेको अधिवेशन नजिकिंदै गर्दा उमेदवारी घोषणा गर्ने पदाधिकारी र एनआरएनए यूकेमा आवद्ध व्यक्तिहरुबीच साक्षात्कार हुनेछ ।
कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत अन्य उमेद्वारहरुको एजेन्डा प्रस्तुत गराइ उपस्थित व्यक्तिहरुमाझ प्रश्नोत्तर चलाइने छ ।
साक्षात्कारको सहजीकरण र सञ्चालन भने पत्रकारहरु नवीन पोखरेल, नरेश काङमाङ राई र चिरन शर्माले गर्नेछन् । साक्षात्कार कार्यक्रमको बेलायत र नेपालका समाचार पोर्टल र समाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।
हालसम्म अध्यक्षमा हिराधन राई, कृष्ण तिमल्सेना, योग फगामीले उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यसै गरि उपाध्यक्षका लागि सुशिला राई, ललित न्यौपाने, दिपक श्रेष्ठ, शेर सुनार, दयानिधि सापकोटा, पार्वती गुरुङ, डा.प्रेम आले र पुनम गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।
महासचिवमा खुशी लिम्बु, कर्मा पहाडी शेर्पा, अर्जुन कटुवालले उम्मेदवारी दिने घोषणा गरेका छन् भने कोषाध्यक्षमा सचिन श्रेष्ठ र शालिक सापकोटा आकांक्षी छन् । उपमहासचिवमा कृष्ण तिवारी र सचिवमा नारायण गाउंले पनि आकांक्षी छन् ।
त्यसैगरी महिला संयोजकमा लिला सेलिङ माबो र युवा संयोजकमा बीरेन्द्र श्रेष्ठ, राजन खकुरेल, सन्तोष गुरुङ र कुमार थापाले उम्मदेवारी दिने घोषणा गरेका छन् ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि