लन्डन । एक्सप्रेस स्टुडियोले अगामी साता एनआरएनए यूकेका उम्मेदवारहरुसंग साक्षात्कार गर्ने भएको छ । १८ अगस्ट साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेन्टमा बेलुकी ६ देखि ८ बजेसम्म साक्षात्कार कार्यक्रम गरिने स्टुडियोका सञ्चालक बीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
आगामी सेप्टेम्बर ९ मा हुन लागेको एनआरएनए यूकेको अधिवेशन नजिकिंदै गर्दा उमेदवारी घोषणा गर्ने पदाधिकारी र एनआरएनए यूकेमा आवद्ध व्यक्तिहरुबीच साक्षात्कार हुनेछ ।
कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत अन्य उमेद्वारहरुको एजेन्डा प्रस्तुत गराइ उपस्थित व्यक्तिहरुमाझ प्रश्नोत्तर चलाइने छ ।
साक्षात्कारको सहजीकरण र सञ्चालन भने पत्रकारहरु नवीन पोखरेल, नरेश काङमाङ राई र चिरन शर्माले गर्नेछन् । साक्षात्कार कार्यक्रमको बेलायत र नेपालका समाचार पोर्टल र समाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।
हालसम्म अध्यक्षमा हिराधन राई, कृष्ण तिमल्सेना, योग फगामीले उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यसै गरि उपाध्यक्षका लागि सुशिला राई, ललित न्यौपाने, दिपक श्रेष्ठ, शेर सुनार, दयानिधि सापकोटा, पार्वती गुरुङ, डा.प्रेम आले र पुनम गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।
महासचिवमा खुशी लिम्बु, कर्मा पहाडी शेर्पा, अर्जुन कटुवालले उम्मेदवारी दिने घोषणा गरेका छन् भने कोषाध्यक्षमा सचिन श्रेष्ठ र शालिक सापकोटा आकांक्षी छन् । उपमहासचिवमा कृष्ण तिवारी र सचिवमा नारायण गाउंले पनि आकांक्षी छन् ।
त्यसैगरी महिला संयोजकमा लिला सेलिङ माबो र युवा संयोजकमा बीरेन्द्र श्रेष्ठ, राजन खकुरेल, सन्तोष गुरुङ र कुमार थापाले उम्मदेवारी दिने घोषणा गरेका छन् ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य