लन्डन । अल्डरसटस्थित एकजना व्यवसायी तथा समाजसेवी शेरबहादुर सुनारले एनआरएनए यूकेको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को स्थापनाकालदेखि नै सदस्यता लिइ सन् २००९ देखि सल्लाहकारका रुपमा रहेका भेटघाट रेष्टुरेन्टका सञ्चालक सुनारले ८ बुंदे प्रतिवद्धतासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
संस्थाको उद्देश्य प्राप्तिका लागि हरेक कार्यक्रम र अभियानमा आफ्नो पूर्ण साथ र प्राथमिकता रहने जनाउंदै उनले नागरिकता अभियानलाई निरन्तरता दिने, भूपू गोर्खा र वृद्धवृद्धा गोर्खाहरुको समस्या समाधानका लागि विशेष पहल गर्ने, नेपालमा विदेशी पर्यटक लैजान सक्दो प्रयत्न गर्ने, संस्थाको आय व्यय पारदर्शी बनाउन विशेष ध्यान दिने, बेलायतमा गठन भएका विभिन्न नेपाली संघसंस्था र एनआरएनए यूकेबीचको सम्वन्ध अझ प्रगाढ बनाउन सेतुको भूमिका खेल्ने, नेपाली भाषा, कला र संस्कृति संरक्षण गर्दै दोश्रो पुस्तामा हस्तान्तरण गर्न थप नयां कार्यक्रम ल्याउने, नेपालमा लगानी भित्रयाउन नयां अभियान शुरु गर्ने जस्ता प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
१८ वर्ष ब्रिटिश आर्मीमा सेवा गरेर अवकास लिएपछि समाजसेवा अनि व्यवसायमा संलग्न सुनारको बेलायतस्थित नेपाली समुदायमा बेग्लै छवि छ । सिर्जनशील नेपाली समाज यूकेको संस्थापक अध्यक्ष तथा वर्तमान संरक्षक सुनार लमजुङ समाज यूकेको सल्लाहकार, शिव कल्चरल सेन्टर यूकेको संस्थापक उपाध्यक्ष तथा वर्तमान सल्लाहकार, ग्रेटर रसमोर नेपलिज कम्युनिटी यूकेको संस्थापक कोषाध्यक्ष, पूर्व उपाध्यक्ष एवं वर्तमान सल्लाहकार, यती नेपाली एसोसिएसन यूके सल्लाहकार, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बेलायत शाखाका सल्लाहकार, गोर्खाज इन्टेक १९८५ को संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार छन् । उनले सन् २००७ देखि ००९ सम्म फार्नबोरोस्थित चेरी उड स्कुलको गभर्नर भएर पनि काम गरिसकेका छन् ।
लमजुङ दुधपोखरी स्थायी निवासी सुनारले प्रवासी जीवन बिताएको पनि झण्डै ३२ वर्ष पुगिसकेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया