लन्डन । अल्डरसटस्थित एकजना व्यवसायी तथा समाजसेवी शेरबहादुर सुनारले एनआरएनए यूकेको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को स्थापनाकालदेखि नै सदस्यता लिइ सन् २००९ देखि सल्लाहकारका रुपमा रहेका भेटघाट रेष्टुरेन्टका सञ्चालक सुनारले ८ बुंदे प्रतिवद्धतासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
संस्थाको उद्देश्य प्राप्तिका लागि हरेक कार्यक्रम र अभियानमा आफ्नो पूर्ण साथ र प्राथमिकता रहने जनाउंदै उनले नागरिकता अभियानलाई निरन्तरता दिने, भूपू गोर्खा र वृद्धवृद्धा गोर्खाहरुको समस्या समाधानका लागि विशेष पहल गर्ने, नेपालमा विदेशी पर्यटक लैजान सक्दो प्रयत्न गर्ने, संस्थाको आय व्यय पारदर्शी बनाउन विशेष ध्यान दिने, बेलायतमा गठन भएका विभिन्न नेपाली संघसंस्था र एनआरएनए यूकेबीचको सम्वन्ध अझ प्रगाढ बनाउन सेतुको भूमिका खेल्ने, नेपाली भाषा, कला र संस्कृति संरक्षण गर्दै दोश्रो पुस्तामा हस्तान्तरण गर्न थप नयां कार्यक्रम ल्याउने, नेपालमा लगानी भित्रयाउन नयां अभियान शुरु गर्ने जस्ता प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
१८ वर्ष ब्रिटिश आर्मीमा सेवा गरेर अवकास लिएपछि समाजसेवा अनि व्यवसायमा संलग्न सुनारको बेलायतस्थित नेपाली समुदायमा बेग्लै छवि छ । सिर्जनशील नेपाली समाज यूकेको संस्थापक अध्यक्ष तथा वर्तमान संरक्षक सुनार लमजुङ समाज यूकेको सल्लाहकार, शिव कल्चरल सेन्टर यूकेको संस्थापक उपाध्यक्ष तथा वर्तमान सल्लाहकार, ग्रेटर रसमोर नेपलिज कम्युनिटी यूकेको संस्थापक कोषाध्यक्ष, पूर्व उपाध्यक्ष एवं वर्तमान सल्लाहकार, यती नेपाली एसोसिएसन यूके सल्लाहकार, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बेलायत शाखाका सल्लाहकार, गोर्खाज इन्टेक १९८५ को संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार छन् । उनले सन् २००७ देखि ००९ सम्म फार्नबोरोस्थित चेरी उड स्कुलको गभर्नर भएर पनि काम गरिसकेका छन् ।
लमजुङ दुधपोखरी स्थायी निवासी सुनारले प्रवासी जीवन बिताएको पनि झण्डै ३२ वर्ष पुगिसकेको छ ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि