लन्डन । मगर संघ युकेको मातहतमा गठित मगरात संघर्ष समितिले मगरात अभियानलाई गाउं गाउंसम्म पुरयाउन बौद्धिक अन्तरक्रिया र प्रशिक्षण गर्ने भएको छ ।
समितिको हालै फार्नब्रोमा बसेको बैठकले प्रदेश नम्बर २ को निर्वाचनपश्चात नेपाल मगर संघसित समन्वय गरी हालैको स्थानिय निर्वाचनमा निर्वाचित मगर जनप्रतिनिधिसित एक बौद्धिक कार्यक्रम गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष ओमप्रसाद काउचाको संयोजकत्वमा भएको सो बैठकले मगर अध्ययन केन्द्रसित पनि सम्पर्क गर्ने निर्णय गरेको छ । सोको संयोजकको जिम्मेवारी अध्यक्ष नेम थापा र उपाध्यक्ष तथा वैदेशिक विभागका संयोजक बमथापा सूर्यवङ्शीलाई जिम्मा दिइएको छ । बैठकले सम्पूर्ण जिम्मा संयोजक ओमप्रसाद थापा काउचा र सदस्य मेजर रिटायर डा. प्रेम आलेलाई दिएको छ ।
बैठकमा उपस्थित मगर संग युकेका अध्यक्ष नेम थापा मगर, निवर्तवान अध्यक्ष दुत पुन मगर, केन्द्रीय मगर संघ युरोप साथै युएसए संयोजक तथा एनआरएनए युकेका उपाध्यक्ष श्रीमती शान्ति थापा कुंवर र नेपाल संयोजक तथा सल्लाहकार क्या. रि कृष्णकुमार आले मगर, वरिष्ठ उपाध्यक्ष योगकुमार फगामीमगर, कोषाध्यक्ष नेत्र आले मगर थिए भने मगरात संघर्ष समितिका सदस्यहरूमा मेजर रिटायर्ड डा प्रेम आले मगर, श्रीमती गोमा राना मगर, श्रीमती हेमा राना मगर, श्रीमती जमुना पुन गर्बुजा मगर बैठकमा उपस्थित थिए । अन्य सदस्यहरु होम रोका, कुमार राना मगर, हिक्मतसिङ रोकामगर, तेज बहादुर राम्जाली मगर र होम रानाले सल्लाह सुझाव दिएका थिए । बैठकको सञ्चालन सदस्य मेजर रिटायर्ड डा प्रेम आलेले गरेका थिए ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन