लन्डन । ‘अधिकार, प्रतिनिधित्व, स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो अभियान’ नारासहित बेलायतका नेपाली आदिवासी जनजातिहरुले विविध कार्यक्रमका साथ २३ औं विश्व आदिवासी दिवस मनाएका छन् ।
आइतबार अल्डरसटस्थित दि प्यालेस रेष्टुरेण्टमा नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासी जनजाति महिला महासंघ युके र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेको संयुक्त आयोजनामा सो दिवस मनाइएको हो ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष मुछेत्र गुरुङ, पूर्व मन्त्री विजयप्रकाश थेबे, मानवशास्त्री डा. चन्द्र लक्सम्बा, पहिचानवादी गायक राजन राईलगायत विभिन्न जातिय संघसंस्थाका अध्यक्षहरुको उत्साहजनक उपस्थिति थियो ।
विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको सो कार्यक्रमलाई तमुधिं युके, मगर संघ युके, छन्त्याल एशोसिएसन युके, दुरा सेवा समाज युके, ह्याल्मो सोसाइटी युके, थकाली वेलफेयर सोसाइटी युके, किरांत सुनुवार वेलफेयर सोसाइटी युके, किरांत राई यायोख्या युके, किरात याक्थुम चुम्लुङ्ग युके, किरांंत याख्या छुम्मा युके, तामाङ्ग सोसाइटी युके र शेर्पा एशोसिएसन युकेको साथ र सहयोग रहेको थियो ।
बेलायतमा रहेका आदिवासी जनजातिहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा नेपाली राजदूत डा. सुवेदीले राष्ट्र निर्माण, राष्ट्रियता, सहिष्णुता, बहादुरीता र इमान्दारी सबै नेपालीमा भएको तर आदिवासी जनजातिहरुमा अरुमा भन्दा बढि भएको जिकिर गरे । उनले वर्तमान संविधान उपलब्धिमूलक भएको बताउदै आदिवासी जनजातिहरुको आवाज र गुनासोलाई सम्बन्धित ठाउँमा पुरयाउने वचन दिए । त्यस्तै, उनले गोर्खा भूतपूर्व सैनिकहरुको अधिकारबारे बेलायत सरकारसंग वार्ता भइरहेको जनाए ।
विभिन्न संघसंस्थाका अध्यक्ष लगायत प्रतिनिधिहरुले शुभकामना मन्तब्य प्रकट गरेको सो कार्यक्रममा आदिवासी जनजातिहरुको भाषा, कला र संस्कृतिको संरक्षणमा विशेष योगदान पुरयाएका कलाकारहरु मनसुधन थापा, राजन राई, सञ्जय लाफा, एन्सर्ज गुरुङ र सिमी पुनलाई सम्मान गरिएको थियो । त्यस्तै, पूर्ण लक्सम्बा, भूतपूर्व ब्रिटिश गोर्खा आन्दोलनका अगुवा गोर्खा सत्याग्रह निर्देशक ज्ञानराज राई र गेसोका अध्यक्ष कृष्णकुमार राईलाई पनि सम्मान गरिएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष तुल छन्त्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जंग सुनुवारले स्वागत मन्तब्य, उपाध्यक्ष देवीमाया पुनले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी दिएका थिए भने महासचिव कमानसिङ् (कर्मा पहाडी) शेर्पाले कार्यक्रम सञ्चालन गरेका थिए ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन