
तस्विरः शिव भण्डारी
लन्डन । नर्स भन्ने बित्तिकै बिरामीको रेखदेख र स्वास्थ्य जांच गर्ने महिलाका रुपमा बुझ्छन् आममानिस । तर, बेलायतस्थित नेपाली नर्सहरु आफ्नो ड्यूटीबाहेक सामाजिक उत्तरदायित्व निर्वाह गर्न समेत अग्रपंक्तिमा छन् । महाभूकम्पका बेला नेपाल गएर राहत तथा उद्दारमा खटिएको नेपलिज नर्सिङ एसोसिएसन यूकेले त्यस लगत्तै सिन्धुपाल्चोक र गोरखामा एक एकवटा विद्यालय पुनर्निर्माण गरयो । निशुल्क हेल्थ क्याम्प सञ्चालन गर्न पनि एसोसिएसनको संलग्नता छ । यही १२ तारिख एसोसिएसनले ग्रेटर रेडिङ नेपलिज कम्युनिटीको सहकार्यमा रेडिङमा निशुल्क हेल्थ क्याम्प गर्दैछ ।
यतिखेर नेपलिज नर्सिङ एसोसिएसन यूके जुम्लाको अति विकट पत्थरखोलामा बर्थिङ सेन्टर (मातृशिशु केन्द्र) निर्माणमा जुटेको छ । उक्त बर्थिङ सेन्टर निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले एसोसिएसनले आगामी २६ अगष्ट, २०१७ मा लन्डन साउथहयारोस्थित हयारो बरो फुटबल क्लवमा एक च्यारिटी डिनर गर्ने तयारी गरेको हो ।
मातृशिशु केन्द्र निर्माणका लागि करिब ४० हजार पाउण्ड लाग्ने भएकाले च्यारिटी डिनरमा सहभागी भएर वा प्रायोजन गरेर सहयोग गरिदिन एसोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले अपिल गरेकी छन् ।
उक्त प्रोजेक्टका लागि निम्न लिंकमा गएर अनलाइनबाट पनि आर्थिक सहयोग गर्न सकिनेछ ।
https://www.justgiving.com/crowdfunding/nnauk?utm_id=107&utm_term=jdQ7kEpqW
‘बर्थिङ सेन्टरको अभावमा धेरै महिलाले ज्यान गुमाउनुपरेको अवस्था छ । त्यसकारण बेलायतस्थित समस्त नेपालीलाई हाम्रो पूण्यकार्यमा सघाइदिन मेरो हृदयदेखि कै अनुरोध छ’, कंडेलले भनिन् । एक्सन वक्सको सहकार्यमा बर्थिङ सेन्टर एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कंडेलले ५ सय पाउण्डभन्दा माथि सहयोग गर्नेको नाम केन्द्रको शिलालेखमा लेखिने र सबै दाताको नाम वेवसाइटमा राखिने जनाइन् ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित रोयल कलेज अफ नर्सिङ, एनएमसी एवं विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहनेछ । अध्यक्ष कंडेलले बेलायतका क्वालिफाइड नर्स, नर्सिङ पढिरहेका विद्यार्थी, हेल्थ केयर असिस्टेन्ट, डेन्टल नर्स, मिडवाइफ लगायत सबैलाई कार्यक्रममा उपस्थित भइ सहयोग गरिदिन आग्रह गरिन् । कार्यक्रममा स्वास्थ्य विज्ञहरुको प्रत्यक्ष संलग्नता र प्रेजेन्टेसन उपयोगी हुने आयोजकको विश्वास छ । एसोसिएसनले त्यस दिन सदस्यता वितरण गर्ने सोच समेत बनाएको छ ।
कार्यक्रममा टिकेट र अन्य जानकारी महासचिव रस्मिता दर्लामी, उपाध्यक्ष विनोद सिम्खडा, कोषाध्यक्ष गंगा साम्पांग लगायतले दिनेछन् ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि