जनेभा (स्वीट्जरल्याण्ड), २४ साउन । संयुक्त राष्ट्रसङ्घले भेनेजुयलामा विपक्षीको प्रजातान्त्रिक आन्दोलनमाथि सुनियोजित दमन गरेको मङ्गलबार जनाएको छ ।
सरकारले मुलुकभर प्रतिपक्षीमाथि दमन गरेको बताउदै आन्दोलनकारीमाथि सुरक्षाकर्मीद्वारा चलाएको गोली लागि कम्तीमा ४६ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ ।
भेनेजुएलाको सरकारले विपक्षीविरुद्ध हिंसात्मक रुपमा छापा मार्नुका साथै धेरैलाई यातना दिएको र क्रुर व्यवहार गरेको संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले बताएको हो ।
भेनेजुएला आउने अनुरोधबारे त्यहाँका अधिकारीहरुले उत्तर नदिएपछि राष्ट्रसंघले टाढैबाट अन्तर्वार्ता गरेको र अन्तर्वार्ता कै आधारमो त्यस्तो निश्कर्ष निकालिएका राष्ट्रसंघले जनाएको छ । अन्तवार्तामा घटनालाई प्रत्यक्ष देखेको बताउने भेनेजुएलाबासीले सुरक्षा फौजले बिना चेतावनी अश्रु ग्यास र गोली प्रहार गरेको राष्ट्रसंघलाई बताएका छन् ।
मंगलबार जारी गरिएको एउटा वक्तव्यमा राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त जेइद राद अल हुसेनले टाढैबाट गत जुन र जुलाई महिनामा भेनेजुएलामा मानव अधिकारको स्थितिको नियमन गर्न अधिकारीहरुलाई खटाएको बताउनुभएको छ ।
अप्रिल महिनामा प्रदर्शनहरु शुरु भएपछि अत्यधिक बल प्रयोगको प्रवृति देखिएको, हजारौं मानिसलाई मनलाग्दो रुपमा गिरफ्तार गरिएको, थुप्रैमाथि यातना लगायतको खराब व्यवहार गरिएको र सयौंलाई सामान्य अदालतको सट्टामा सैनिक अदालत लगिएको हुसेनले बताउनु भएको छ ।
प्रदर्शनका क्रममा सुरक्षा अधिकारीमाथि पनि आन्दोलनकारीले बदलाको भाव दर्शाउँदै आक्रमण गरेका प्रत्यक्षदर्शीले जनाए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा