जनेभा (स्वीट्जरल्याण्ड), २४ साउन । संयुक्त राष्ट्रसङ्घले भेनेजुयलामा विपक्षीको प्रजातान्त्रिक आन्दोलनमाथि सुनियोजित दमन गरेको मङ्गलबार जनाएको छ ।
सरकारले मुलुकभर प्रतिपक्षीमाथि दमन गरेको बताउदै आन्दोलनकारीमाथि सुरक्षाकर्मीद्वारा चलाएको गोली लागि कम्तीमा ४६ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ ।
भेनेजुएलाको सरकारले विपक्षीविरुद्ध हिंसात्मक रुपमा छापा मार्नुका साथै धेरैलाई यातना दिएको र क्रुर व्यवहार गरेको संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले बताएको हो ।
भेनेजुएला आउने अनुरोधबारे त्यहाँका अधिकारीहरुले उत्तर नदिएपछि राष्ट्रसंघले टाढैबाट अन्तर्वार्ता गरेको र अन्तर्वार्ता कै आधारमो त्यस्तो निश्कर्ष निकालिएका राष्ट्रसंघले जनाएको छ । अन्तवार्तामा घटनालाई प्रत्यक्ष देखेको बताउने भेनेजुएलाबासीले सुरक्षा फौजले बिना चेतावनी अश्रु ग्यास र गोली प्रहार गरेको राष्ट्रसंघलाई बताएका छन् ।
मंगलबार जारी गरिएको एउटा वक्तव्यमा राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त जेइद राद अल हुसेनले टाढैबाट गत जुन र जुलाई महिनामा भेनेजुएलामा मानव अधिकारको स्थितिको नियमन गर्न अधिकारीहरुलाई खटाएको बताउनुभएको छ ।
अप्रिल महिनामा प्रदर्शनहरु शुरु भएपछि अत्यधिक बल प्रयोगको प्रवृति देखिएको, हजारौं मानिसलाई मनलाग्दो रुपमा गिरफ्तार गरिएको, थुप्रैमाथि यातना लगायतको खराब व्यवहार गरिएको र सयौंलाई सामान्य अदालतको सट्टामा सैनिक अदालत लगिएको हुसेनले बताउनु भएको छ ।
प्रदर्शनका क्रममा सुरक्षा अधिकारीमाथि पनि आन्दोलनकारीले बदलाको भाव दर्शाउँदै आक्रमण गरेका प्रत्यक्षदर्शीले जनाए ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी