लन्डन । एनआरएनए यूकेका सचिव कृष्ण तिवारीले आसन्न निर्वाचनमा उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् । सोमबार सञ्चारकर्मीमाझ तिवारीले उपमहासचिव र पत्रकार एवं कवि नारायण गाउंलेले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनीहरुसंगै चार्टर्ड अकाउन्टेन्ट महेश गिरीले सह कोषाध्यक्ष एवं सन्जय पन्त र सुरेश परियारले सदस्यमा उम्मेदवारी दिने घोषणा गरे ।
एनआरएनए यूकेको ९ सेप्टेम्बरमा हुने अधिवेशनका लागि यतिखेर उम्मेदवारी घोषणा गर्ने लहरबीच वाटफोर्ड क्षेत्रबाट सामूहिक उम्मेदवारी घोषणा भएको हो ।
तिवारीले आफूहरुका बेग्लै एजेन्डा भन्दा पनि अध्यक्षलाई सहयोग र अभिप्रेरित गर्ने योजनासहित उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताए । एनआरएनए यूकेका सचिवका रुपमा हरेक गतिविधिमा आफ्नो शतप्रतिशत सहभागिता रहेको बताउंदै तिवारीले नेपाल हाउस प्रोजेक्टमा समेत आफ्नो क्रियाशिलता सुनाए ।
नेतृत्वमा आए यूकेबाट विशेषगरि इन्जिनियरहरुको सीप नेपाल लैजान, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग गर्न र बेलायतका नेपालीको हित तथा कल्याणकारी काम गर्न आफू सक्रिय हुने प्रतिवद्धता तिवारीले व्यक्त गरे ।
सचिवको उम्मेदवारी दिन लागेका साहित्यकार एवं पत्रकार गाउंलेले बेलायतका नेपालीलाई मातृभूमिसंग जोड्न भाषा र साहित्य प्रमुख हुने भएकाले यसतर्फ कटिवद्ध हुने बताए । उनले आफूहरुको मुख्य प्राथमिकता संघको साख सुधार्ने रहेको समेत बताए ।
सहकोषाध्यक्षका आकांक्षी महेश गिरीले आफ्नो व्यवसायिक दक्षता संघमा प्रयोग गर्दै आर्थिक पारदर्शीतामा जोड दिने बताए ।
तस्विरः शिव भण्डारी
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त