लन्डन । एनआरएनए यूकेका सचिव कृष्ण तिवारीले आसन्न निर्वाचनमा उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् । सोमबार सञ्चारकर्मीमाझ तिवारीले उपमहासचिव र पत्रकार एवं कवि नारायण गाउंलेले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनीहरुसंगै चार्टर्ड अकाउन्टेन्ट महेश गिरीले सह कोषाध्यक्ष एवं सन्जय पन्त र सुरेश परियारले सदस्यमा उम्मेदवारी दिने घोषणा गरे ।
एनआरएनए यूकेको ९ सेप्टेम्बरमा हुने अधिवेशनका लागि यतिखेर उम्मेदवारी घोषणा गर्ने लहरबीच वाटफोर्ड क्षेत्रबाट सामूहिक उम्मेदवारी घोषणा भएको हो ।
तिवारीले आफूहरुका बेग्लै एजेन्डा भन्दा पनि अध्यक्षलाई सहयोग र अभिप्रेरित गर्ने योजनासहित उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताए । एनआरएनए यूकेका सचिवका रुपमा हरेक गतिविधिमा आफ्नो शतप्रतिशत सहभागिता रहेको बताउंदै तिवारीले नेपाल हाउस प्रोजेक्टमा समेत आफ्नो क्रियाशिलता सुनाए ।
नेतृत्वमा आए यूकेबाट विशेषगरि इन्जिनियरहरुको सीप नेपाल लैजान, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग गर्न र बेलायतका नेपालीको हित तथा कल्याणकारी काम गर्न आफू सक्रिय हुने प्रतिवद्धता तिवारीले व्यक्त गरे ।
सचिवको उम्मेदवारी दिन लागेका साहित्यकार एवं पत्रकार गाउंलेले बेलायतका नेपालीलाई मातृभूमिसंग जोड्न भाषा र साहित्य प्रमुख हुने भएकाले यसतर्फ कटिवद्ध हुने बताए । उनले आफूहरुको मुख्य प्राथमिकता संघको साख सुधार्ने रहेको समेत बताए ।
सहकोषाध्यक्षका आकांक्षी महेश गिरीले आफ्नो व्यवसायिक दक्षता संघमा प्रयोग गर्दै आर्थिक पारदर्शीतामा जोड दिने बताए ।
तस्विरः शिव भण्डारी
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि