लण्डन । बेलायतमा बसोबास गरिरहेका साना तथा मझौला व्यवसायीहरुलाई थप लगानीका लागि प्रोत्साहन गर्न स्थापना भएको नेप्लिज कोअपरेटिभ इन्भेष्टमेण्ट लिमिटेड युकेको साधारण सभा आगामी डिसेम्बर २८ मा लण्डनमा हुने भएको छ ।
गतसाता प्लमस्टेडस्थित रेड लाइन नुडल बारमा सम्पन्न एक भेलाले साधारणसभाका लागि आवश्यक तयारी गरेको लिमिटेडका संयोजक मोहन गुरुङले जानकारी दिए ।
च्याथामस्थित गोर्खा भिलेज रेष्टुरेण्टमा हुने साधारणसभाका लागि आवश्यक सामगीहरुको बन्दोबस्त अस्मिता एण्ड एशोसियट्सका एलएन पाण्डेले गर्ने भएका छन् ।
संस्थाको विधान बनाउन एलएन पाण्डेको संयोजकत्वमा मोहन गुरुङ, अर्कराज तिमिल्सिना, सहदेव गिरी, सुमलकुमार गुरुङ, रञ्जिता मल्ल र कुमार श्रेष्ठ सम्मिलित विधान कमिटी गठन गरिएको छ ।
लिमिटेडले लगानीको दायरालाई फराकिलो बनाएको बताउंदै संयोजक गुरुङले लगानी गर्न व्यवसायीहरुको चाहना बढिरहेको धारणा व्यक्त गरे ।
बैठकमा करिब दुई दर्जन व्यावसायीहरुको सहभागिता थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा