लण्डन । पाल्पा जिल्ला समाज युकेको समर भेटघाट सम्पन्न भएको छ । अल्डरसटस्थित एम्पाएर हलमा भएको सो भेटघाट समाजका अध्यक्ष बम थापा सूर्यवंशीमगरको अध्यक्षता र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष वाचस्पति रेग्मीले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने प्रमुख अतिथि, अध्यक्ष सूर्यवंशी र लेफिटनेण्ट कर्णेल यम रानाले प्रथम भिक्टोरिया क्रस विजेता कुलवीर थापाको तस्वीरमा माल्यार्पण गरेका थिए । सो अवसरमा समाजको मुखपत्र पाल्पाली भञ्ज्यांगको पनि विमोचन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. क्षेत्री, लेफ्टिनेण्ट कर्णेल यम राना, मगर संघ युकेका अध्यक्ष नेम थापा, मोना युकेका अध्यक्ष कमल पुर्जा, गोरखा जिल्ला समाज युकेका उपाध्यक्ष कर्ण दर्लामी, तनहुँ समाज युकेका उपाध्यक्ष केशरबहादुर राना, पाल्पा जिल्ला समाज युकेका पूर्व अध्यक्ष श्यामसिंह राना, एभरेष्ट टाइम्सका प्रबन्ध निर्देशक दुतबहादुर पुन, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, मेजर रिटायर्ड कृष्णकुमार आले लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा ग्राजुयसन गर्ने नानीहरु, आजिवन सदस्यहरुलाई सम्मान र प्रमाण पत्र दिइएको थियो । यसैगरी, कलाकारहरु राजु ढकाल, जमुना राना, कुमार पुन र स्थानीय कलाकारहरुले कार्यक्रममा मनोरञ्जन दिएका थिए ।
औपचारिक कार्यक्रमको संचालन महासचिव खुम कन्बार र मीन सारु तथा साँस्कृतिक कार्यक्रम विष्णु सूर्यवंशीले चलाएका थिए ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल