मस्को (रसिया) २० साउन । रसियाली प्रशासन केन्द्र क्रेमलिनले अमेरिका-रसिया सम्बन्ध निकै सङ्कटोन्मुख अवस्थामा पुगेको शुक्रबार बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहानै ट्वीट गर्दै अमेरिका-रसिया सम्बन्धमा समस्या आएको जनाउनुभएको थियो । जसमा पछिल्लो समय सम्बन्धमा अनपेक्षित समस्या आउने अवस्था देखिएको बताउनुभएको थियो ।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारकर्मीसँग भन्नुभयो, ‘हामीले पूर्णतया यो विचार सार्वजनिक गर्न चाहन्छौ कि अमेरिकी राष्ट्रपतिद्वारा व्यक्त कुरा वास्तविक देखिन पुगेको छ ।’
दुवै मुलुक र जनताबीच पारस्पारिक सहयोग तथा सहकार्य आवश्यक रहेको समयमा यसलाई समस्यातर्फ धकेलिएको अमेरिकी राष्ट्रपतिको भनाईप्रति रसियाली प्रशासन केन्द्र क्रेमलिनले पनि समान धारणा ल्याएको हो ।
संयुक्त राज्य अमेरिकामा गत राष्ट्रपतीय निर्वाचनमा रसियाी हस्तक्षेपबारे अनुसन्धान गरिरहेको विशेष समितिले एउटा वृहत् निर्णायक मण्डल ‘ग्र्याण्ड जुरी’ गठन गरेको चर्चा विभिन्न सञ्चारमाध्यममा आएको थियो ।
अमेरिकी मिडियाले त्यसलाई रोबर्ट मुलर अनुसन्धानमा सम्भावित अपराधिक अभियोगमाथि काम गर्न पहिलो कदम भनेका छन् ।
राष्ट्रपति ट्रम्पले हिलरी क्लिन्टनलाई हराउन रसियासँग साँठगाँठ गरेको भन्ने अस्वीकार गर्दै आएका छन् । जुरीले राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा र रसियाली कानून व्यवसायीबीच जुन २०१६ मा भएको बैठकका सहभागीलाई छानविनको दायरामा ल्याउने तयारी गरिरहेको छ ।
राष्ट्रपति ट्रम्पले हिलरी क्लिन्टनलाई हराउन रसियासँग साँठगाँठ गरेको भन्ने अस्वीकार गर्दै आएपनि अमेरिकी केन्द्रिय गुप्तचर निकाय (एफबिआई) लगायतका बिभिन्न एक दर्जनभन्दा बढी संस्थाले निर्वाचनमा रसियाली हस्तक्षेप रहेको बताएका थिए ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने