प्राज्ञ सुवेदीद्वारा डा. गोविन्द केसीप्रति ऐक्यबद्धता

तस्विरः बीरेन्द्र श्रेष्ठ

लण्डन- ग्लोबल पोलिसी फोरमका अध्यक्ष तथा युनिभर्सिटी अफ लिड्समा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्य पी सुवेदीले डा गोविन्द केसीका मागहरु तत्काल पुरा गर्न नेपाल सरकारलाई आह्वान गर्नुभएको छ। 

शनिबार एक विज्ञप्ती जारी गर्दै प्रा. सुवेदीले डा. केसीले जारी राख्‍नुभएको अभियान नेपाल र नेपालीको सर्वोत्तम हितमा भएको बताउनुभयो । ‘उहाँले नेपालमा उच्च शिक्षाको व्यवस्थापन र प्रशासनलाई राजनीतिमुक्त बनाउन खोज्नुभएको छ’, विज्ञप्तीमा भनिएको छ।

‘उच्च शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेपले गर्दा नेपालमा उच्चशिक्षाको गुणस्तर नराम्रोसंग प्रभावित भएको छ।  नेपालको आर्थिक विकासकालागि गुणस्तरीय शिक्षा एक पूर्व शर्त हो । त्यसैले डा. केसीका मागहरुलाई संबोधन गरेर नेपालमा उच्च शिक्षाको भविष्यकाबारे एउटा वृहत् पुनरावलोकन गर्न आवश्यक भैसकेको छ’, प्रासुवेदीले आफ्नो वक्तव्यमा भन्नुभएको छ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री