
लुसाका (जाम्विया) १९ साउन । जाम्वियाको प्रहरीले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा अन्तर्वाता दिइरहेका समयमा विपक्षी दलका एक जना नेतालाई पक्राउ गरेको छ । विपक्षी दल युनाईटेड प्रोग्रेस पिपुल्स (युपीपी) का नेता साभिओर चिसिम्बालाई राजधानी लुसाकामा डायमण्ड टेलिभिजनमा अन्तवार्ता दिइरहेका वेला प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो ।
सादा पोशाकमा आएका प्रहरीले उहाँलाई पक्राउ गरेको उहाँको पार्टी युपीपीले पुष्टि गरेको छ ।
पार्टीका प्रवक्ता किटीजो मुकुकाले आफ्नो नेतालाई प्रहरी मुख्यालयमा राखिएको भएपनि अहिले सम्म पक्राउ गर्नुको कारणका बारेमा केही स्पष्ट नपारेको जानकारी दिनुभयो ।
प्रहरी प्रवक्ता इस्थेर म्वाता कातोङगोले पनि उहाँलाई पक्राउ गरिएको पुष्टि गरेपनि अन्य जानकारी दिन भने अस्विकार गर्नुभयो ।
‘उहाँलाई हामीले ल्याएका हौं, तर अरु विस्तृत विवरण अहिले दिन सक्ने अवस्था छैन’, कातोङगोले भन्नुभयो ।
प्रहरीद्धारा पक्राउमा पर्नुभएका विपक्षी दलका नेता चिसिम्बा राष्ट्रपति इड्गार लुङगु नेतृत्वको सरकारका खरो आलोचक हुनुहुन्छ भने सरकारको तर्फबाट हालै भएको भ्रष्टाचारसम्बन्धी केही विवरणहरू पनि प्राप्त गर्नुभएको छ ।
नेता चिसिम्बाले हालै मात्र ‘हाम्रो पैसा फिर्ता देउ’ नामक पुस्तक प्रकाशित गर्नु भएको थियो । सरकारी अधिकारीले धेरै भ्रष्टाचार गरेका छन् त्यसका विरुद्धमा अभियान चलाउनु पर्छ भन्ने आशय पुस्तकमा भएको बताइएको छ । सरकार विरोधी अभियानकै कारण उहाँलाई केहीदिनदेखि सुरक्षाकमीले पछ्याईरहेका थिए ।
अहिले पक्राउ गरिएका नेताकै पार्टीका अर्का नेता हकैन्डे हिचिलेमालाई पनि गत अप्रिलमा राजद्रोहको मुद्धा लगाई पक्राउ गरिएको थियो ।
राष्ट्रपति लुङ्गुले गत महिना संकटकालको घोषणा गर्दै नागरिकलाई निगरानी गर्न तथा पक्राउ प्रहरीलाई थप अधिकार दिनुभएको छ ।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल