लन्डन । गुल्मी जिल्ला समाज यूकेको कार्यक्रममा सहभागी हुन दुई गुल्मेली कलाकार बिहीबार सांझ लन्डन आइपुगेका छन् ।
यही अगस्ट ६ तारिख अल्डरसटमा हुन लागेको समाजको दशौं वार्षिक भेटघाट कार्यक्रमका लागि गुल्मेली कलाकारहरु गायक सन्तु थापा र गायिका रुपा घर्तीमगर बेलायत आएका हुन् ।
ति कलाकारलाई स्वागत गर्न समाजका अध्यक्ष राम गलामी, संस्थापक अध्यक्ष ओमप्रसाद थापा, उपाध्यक्ष टोप पल्ली, महासचिव शिव भण्डारी, सचिव वीर बलाल, सह कोषाध्यक्ष राम सापकोटा, ज्ञान छन्त्याल, हेमन्त थापा लगायत हिथ्रो विमानस्थल पुगेका थिए ।
सोही कार्यक्रमका लागि युरोपबाट दोहोरी गायक बलराम पुनसमेत सहभागी हुने कार्यक्रम छ । हाल बेलायतमै रहेका जमुना राना र राजु ढकालले समेत आफ्नो कला प्रस्तुत गर्नेछन् ।
समाजका महासचिव शिव भण्डारीका अनुसार, अल्डरसटस्थित कन्नट स्कुल मैदानमा हुने कार्यक्रमको तयारी तीव्र भइरहेको छ । उक्त कार्यक्रम संयोजन समाजका उपाध्यक्ष टोप पल्ली तथा सहसंयोजन सचिव वीर बलालले गर्ने छन् ।
कार्यक्रममा बीबीक्यू, भलिबल प्रतियोगिता र प्रथम नौमति बाजाको विशेष प्रस्तुति समावेश हुनेछन् । मध्यान्ह १२ बजे शुरु हुने कार्यक्रम सांझ ७ बजे सम्म चल्ने उक्त कार्यक्रमलाई बेलायतवासी गुल्मेलीले पर्वकै रुपमा मनाउने गर्छन् ।
कार्यक्रममा प्रवेश शुल्क १३ पाउण्ड छ भने ६ देखि १२ वर्ष सम्मका बालबालिकाका लागि ७ पाउण्डमात्र शुल्क राखिएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी