ब्रसेल्स, १६ साउन । युरोपेली सङ्घले लोकतन्त्रका नाममा भेनेजुयलामा भएको विवादस्पद निर्वाचनमा सत्यता मरेको भन्दै सोमबार गम्भीर चिन्ता व्यक्त गरेको छ ।
भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले संविधानको पुर्नलेखनका लागि भएको निर्वाचनमा आफुले जितेको भन्दै आईतबार घोषणा गर्नुभएको थियो ।
उहाँले सरकार विरोधी आन्दोलनका क्रममा चार महिनामा एक सय २० जनाको मृत्यु भएका जनाउदै उक्त अवधिमा भएका गतिविधिमा दोषी ठहर हुने सबैलाई कानुनी दायरामा ल्याइने पनि बताउनुभयो ।
“गत चौविस घण्टाका घटनाहरुले भेनेजुयलाको लोकतन्त्रको खराव स्थितिप्रति युरोपेली सघङ्घलाई चिन्तित बनाएको छ,” दैनिक पत्रकार सम्मेलनमा युरोपेली आयोगका प्रवक्ता मिना एन्ड्रीभाटले बताउनुभयो ।
“एउटा संविधान पुनर्लेखन गर्ने कार्यका लागि भएको भनिएको निर्वाचन अर्को हिंसा भएको छ, यो समस्याको समाधानको पाटो होइन,” उहाँले भन्नुभयो ।
“हरेक तरिकाले हिंसाबाट टाढा रहनु पर्ने बेलामा असन्तुलित र अनावश्यक शक्ति प्रयोग गरेको वा भएको प्रति हाम्रो चिन्ता छ,” युरोपेली संघले भनेको छ ।
भेनेजुएलामा आइतबार सम्पन्न आम निर्वाचनमा भएको हिंसाका क्रममा दश व्यक्तिको मृत्यु भएको छ ।
राजनीतिक सङ्कट समाधान गर्नका लागि संविधान पुनर्लेखन गर्न भन्दै यहाँका राष्ट्रपतिले नयाँ शक्तिशाली निकायको भन्दै निर्वाचनको आह्वान गर्नुभएको थियो ।
यस निर्वाचनको क्रममा मारिएकामा एकजना सैनिक पनि परेका छन् । नयाँ संविधान सभाका लागि भन्दै गरिएको सो निर्वाचनमा उठेका एक उम्मेदवार, दुई प्रदर्शनकारी युवासमेत निर्वाचन हिंसामा परी मारिएका छन ।
भेनुजुएलाका प्रमुख निर्वाचन अधिकारीका अनुसार विपक्षीले बहिष्कार गरेको निर्वाचनमा ४१.५३ प्रतिशत मात्र भोट खसेको थियो ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित