लन्डन । दग्नाम दर्मिजा समाज यूकेको वार्षिक भेला शनिबार लन्डन साउथ हयारोस्थित माया पबमा सम्पन्न भएको छ । टिका बहादुर गर्बुजा पुनको अध्यक्षतामा भएको उक्त भेलामा विभिन्न सांस्कृतिक प्रस्तुति र संस्थाका क्रियाकलापबारे चर्चा गरियो ।
म्याग्दीको रघु गंगा गाउंपालिकालाई प्रतिनिधित्व गर्ने उक्त समाज बेलायतमा रहेका गाउंलेहरुलाई मर्दा पर्दा सहयोग गर्न गठन गरिएको अध्यक्ष पुनले बताए । विशेष गरि गाउंको शिक्षा र यातायातमा समाजले आफ्नो हैसियत अनुसार सहयोग गरिरहेको पुनले जनाए । सन् २००८ मा स्थापित उक्त समाजको अध्यक्षमा त्यसयता पुन नै अध्यक्ष छन् ।
समाजको नेतृत्वमा विदेशभर रहेका दग्नाम दर्मिजावासीहरुबाट करिब ७० लाख रुपैयां संकलन गरेर समाजले एक अक्षय कोष खडा गरि गाउंको श्री जनता मावि दग्नाममा दुई शिक्षकलाई तलब प्रदान गरिरहेको छ ।
सो अवसरमा मनु गर्बुजाले औपचारिक र चन्द्र रजालीले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा एनआरएनए यूकेका वर्तमान उपाध्यक्ष एवं अध्यक्ष प्रत्यासी योगकुमार फगामी, मगर संघ यूकेका पूर्व अध्यक्ष दुत पुन लगायत अन्य म्याग्देलीहरुको पनि सहभागिता थियो ।
तस्विरः शिव भण्डारी
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा