लन्डन । दग्नाम दर्मिजा समाज यूकेको वार्षिक भेला शनिबार लन्डन साउथ हयारोस्थित माया पबमा सम्पन्न भएको छ । टिका बहादुर गर्बुजा पुनको अध्यक्षतामा भएको उक्त भेलामा विभिन्न सांस्कृतिक प्रस्तुति र संस्थाका क्रियाकलापबारे चर्चा गरियो ।
म्याग्दीको रघु गंगा गाउंपालिकालाई प्रतिनिधित्व गर्ने उक्त समाज बेलायतमा रहेका गाउंलेहरुलाई मर्दा पर्दा सहयोग गर्न गठन गरिएको अध्यक्ष पुनले बताए । विशेष गरि गाउंको शिक्षा र यातायातमा समाजले आफ्नो हैसियत अनुसार सहयोग गरिरहेको पुनले जनाए । सन् २००८ मा स्थापित उक्त समाजको अध्यक्षमा त्यसयता पुन नै अध्यक्ष छन् ।
समाजको नेतृत्वमा विदेशभर रहेका दग्नाम दर्मिजावासीहरुबाट करिब ७० लाख रुपैयां संकलन गरेर समाजले एक अक्षय कोष खडा गरि गाउंको श्री जनता मावि दग्नाममा दुई शिक्षकलाई तलब प्रदान गरिरहेको छ ।
सो अवसरमा मनु गर्बुजाले औपचारिक र चन्द्र रजालीले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा एनआरएनए यूकेका वर्तमान उपाध्यक्ष एवं अध्यक्ष प्रत्यासी योगकुमार फगामी, मगर संघ यूकेका पूर्व अध्यक्ष दुत पुन लगायत अन्य म्याग्देलीहरुको पनि सहभागिता थियो ।
तस्विरः शिव भण्डारी
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार