फानबोरो । ग्रेटर रसमुर नेपाली कम्युनिटीले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि रसमुर बरो काउन्सिल, ब्ल्याक वाटर भ्याली रनर्स र नया युवासंगको साझेदारीमा १० के रनलाई निरन्तरता दिने भएको छ ।
दुवै समुदायबीच आपसी हार्दिकता बढाउन उक्त दौड अत्यन्तै महत्वपूर्ण सावित भएकाले हरेक वर्ष अक्टुबरमा निरन्तर रुपमा आयोजना गर्ने निर्णय कम्युनिटीले गरेको छ । निवर्तमान अध्यक्ष ओम थापाको प्रस्तावमा यस वर्ष सल्लाहकार मेजर रिटायर्ड खिम गौचन संयोजक र उनलाई सघाउन उपाध्यक्ष नेम थापा, बिर बलाल र जुमकाजी गुरुङ रहने गरि दौडको सम्पूर्ण जिम्मेवारी दिइएको छ ।
आगामी ०८ अक्टुबर २०१७ आइतबार बिहान ठिक १० बजे सुरु हुने उक्त दौडको पूर्व तयारी तीव्र रुपमा भइरहेको जनाउंदै १० के रनमा भाग लिन इच्छुक व्यक्तिलाई छिटो अनलाइन दर्ता गरि सिट सुरक्षित गर्न कम्युनिटीले आग्रह गरेको छ ।
नेपाली र स्थानीय समुदाय एक साथ रही आयोजना गरिने उक्त १० के रनमा गत वर्ष नेपाली समुदायको तुलनामा स्थानीय समुदायको संख्यात्मक सहभागिता बढि थियो ।
साथै यो वर्ष छोटो दुरीको फन रन समेत आयोजना गरिने भएको छ । यस वर्ष १० के तर्फ हजार जना र फन रनतर्फ ३ देखि ५ सयको सहभागिता गराउने लक्ष्य कम्युनिटीले लिएको छ ।
फन रन गर्नेहरुले सोही दिन दर्ता गर्न सक्ने तथा १० केको दर्ता शुल्क १३ पाउण्ड (सिनियर सिटिजन र १८ वर्ष मुनिकालाई ५ पाउण्ड) लाग्ने अनि फन रन इन्ट्री निशुल्क भए पनि मेडल दिइने संयोजक गौचनले बताए ।
गत २६ जुलाई २०१७ मा रसमुर बरो काउन्सिलका मार्टिन स्टेरियो, ब्ल्याक वाटर भ्याली रनर्सका मिडिया सेक्रेटरी स्टिभ रयाडक्लिफ, सेक्रेटरी एण्डी रयाटक्लिफ, संयोजक मेजर रिटायर्ड खिम गौचन, कम्युनिटीका निवर्तमान अध्यक्ष ओम थापा, उपाध्यक्ष नेम थापा र महासचिव मान गुरुङ समेतको बैठकले स्थानीय च्यारिटीलाई सपोर्ट गर्ने, उल्लेख्य सहभागिता गराउने, आवश्यक मार्सलको टुंगो लगाउने र व्यापक प्रचार प्रसार गर्ने सहमति गरेको छ ।
उपाध्यक्ष नेम थापाले रसमुर एरिया मात्र नभई समस्त यूकेवासी नेपाली समुदायमा सहभागिताका लागि कम्युनिटीले आव्हान गरेको बताए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार