फानबोरो । ग्रेटर रसमुर नेपाली कम्युनिटीले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि रसमुर बरो काउन्सिल, ब्ल्याक वाटर भ्याली रनर्स र नया युवासंगको साझेदारीमा १० के रनलाई निरन्तरता दिने भएको छ ।
दुवै समुदायबीच आपसी हार्दिकता बढाउन उक्त दौड अत्यन्तै महत्वपूर्ण सावित भएकाले हरेक वर्ष अक्टुबरमा निरन्तर रुपमा आयोजना गर्ने निर्णय कम्युनिटीले गरेको छ । निवर्तमान अध्यक्ष ओम थापाको प्रस्तावमा यस वर्ष सल्लाहकार मेजर रिटायर्ड खिम गौचन संयोजक र उनलाई सघाउन उपाध्यक्ष नेम थापा, बिर बलाल र जुमकाजी गुरुङ रहने गरि दौडको सम्पूर्ण जिम्मेवारी दिइएको छ ।
आगामी ०८ अक्टुबर २०१७ आइतबार बिहान ठिक १० बजे सुरु हुने उक्त दौडको पूर्व तयारी तीव्र रुपमा भइरहेको जनाउंदै १० के रनमा भाग लिन इच्छुक व्यक्तिलाई छिटो अनलाइन दर्ता गरि सिट सुरक्षित गर्न कम्युनिटीले आग्रह गरेको छ ।
नेपाली र स्थानीय समुदाय एक साथ रही आयोजना गरिने उक्त १० के रनमा गत वर्ष नेपाली समुदायको तुलनामा स्थानीय समुदायको संख्यात्मक सहभागिता बढि थियो ।
साथै यो वर्ष छोटो दुरीको फन रन समेत आयोजना गरिने भएको छ । यस वर्ष १० के तर्फ हजार जना र फन रनतर्फ ३ देखि ५ सयको सहभागिता गराउने लक्ष्य कम्युनिटीले लिएको छ ।
फन रन गर्नेहरुले सोही दिन दर्ता गर्न सक्ने तथा १० केको दर्ता शुल्क १३ पाउण्ड (सिनियर सिटिजन र १८ वर्ष मुनिकालाई ५ पाउण्ड) लाग्ने अनि फन रन इन्ट्री निशुल्क भए पनि मेडल दिइने संयोजक गौचनले बताए ।
गत २६ जुलाई २०१७ मा रसमुर बरो काउन्सिलका मार्टिन स्टेरियो, ब्ल्याक वाटर भ्याली रनर्सका मिडिया सेक्रेटरी स्टिभ रयाडक्लिफ, सेक्रेटरी एण्डी रयाटक्लिफ, संयोजक मेजर रिटायर्ड खिम गौचन, कम्युनिटीका निवर्तमान अध्यक्ष ओम थापा, उपाध्यक्ष नेम थापा र महासचिव मान गुरुङ समेतको बैठकले स्थानीय च्यारिटीलाई सपोर्ट गर्ने, उल्लेख्य सहभागिता गराउने, आवश्यक मार्सलको टुंगो लगाउने र व्यापक प्रचार प्रसार गर्ने सहमति गरेको छ ।
उपाध्यक्ष नेम थापाले रसमुर एरिया मात्र नभई समस्त यूकेवासी नेपाली समुदायमा सहभागिताका लागि कम्युनिटीले आव्हान गरेको बताए ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन